भारतमा लकडाउन दुई हप्ता लम्बियो : कोरोना भाइरसबाट १ हजार २ सय २३ जनाको मृत्यु

काठमाडौं, २० वैशाख । लकडाउन मे १७ तारिख अर्थात जेठ ४ गतेसम्म सम्म लम्ब्याउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको गृहमन्त्रालयले दुई हप्ताको लागि लकडाउन बढाएको हो ।

गृह मन्त्रालयले कोरोना भाइरसको जोखिम भएको क्षेत्रमा कडाइ गरिने र आवतजावतमा पूर्ण रुपमा रोक लगाइने जनाएको छ । गृह मन्त्रालयले ओरेन्ज र ‘ग्रीन जोनमा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने बताएको छ ।

यस्तै, हवाई उडान, रेल, मेट्रो र सडकमाफर्त हुने आवतजावतमा पनि रोक लगाइने छ । तर विशेष उदेश्यले गृहमन्त्रालयको अनुमतिमा भने चलाउन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सङ्क्रमितको संख्या ३७ हजार नाघ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या ३७ हजार नाघेको छ । कोरोना सङ्क्रमितमध्ये १० हजार ७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । अहिलेसम्म १ हजार २ सय २३ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको त्यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरस सङ्क्रमणका कारण ४५९ जनाले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति