1 May, 2020 6:56 am


कोरोना भाइरस : बितेको २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, ८५ हजार ९ सयबढी संक्रमित (कहाँ कति प्रभावित सूचिसहित)

काठमाडौं, १९ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १ २९ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ७ हजार ६५६ मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार १ ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । शुक्रबार बिहान सम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ७३ हजार ४४४ जना संक्रमित छन् । एकै दिन २६ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ५० पुगेको छ । अहिलेसम्म १८ हजार ६१० ले ज्यान गुमाएका छन् । २ लाख ६५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३५ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७२९ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ८५ हजार ६७ जना संक्रमित भएका छन् । ६९ हजार ५१९ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख २६ हजार ५९८ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ हजार ४९१ जनाको अवस्था गम्भीर छ । १ लाख ८८ हजार ९५० जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ७६ हजार ८१४ जनामा संक्रमण देखिएको छ । ८ हजार ७०२ जनाले ज्यान गुमाएका छन् । ६० हजार ९५ जना निको भएका छन् भने १ लाख ८ हजार १०७ जना उपचाररत छन् । ९ हजार ८०२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३९ हजार ७१३ संक्रमित भएका छन् । १ हजार ६३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३३१ जना संक्रमित भएका छन् । ११० जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board