कोभिड–१९ : अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय १ जनाको मृत्यु

काठमाडौं, १९ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ८२५ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् । १५ हजार २२६ जनाको अवस्था गम्भीर रहेको छ । ८ लाख ७८ हजार ८३९ जना उपचाररत छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति