1 May, 2020 6:31 am


भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३४ हजार ८ सय नाघ्यो, १ हजार १५४ को मृत्यु

काठमाडौं, १९ वैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको जनाएको छ ।

शुक्रवार विहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३४ हजार ८६३ पुगेको छ । आज विहान मात्र थप १ हजार ८ सय १ जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा संंक्रमितहरूमध्ये ९ हजार ७८ जना उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल २४ हजार ६ सय ४१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचार भइरहेको छ । भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका छन् । भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा कोरोना भाइरसको संक्रमण उच्च देखिएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा यस अघि नै गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board