29 April, 2020 10:56 am


लकडाउनमा स्थानीय बजार, बाटोघाटो लगायतका स्थानमा सामाजिक दुरी पालना भएन (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना संक्रमणको महामारीलाई रोकथाम गर्न सरकारले निरन्तर लकडाउन गरिरहेको अवस्था छ । लकडाउनको अवधिमा घरैमा बसी बेला–बेलामा हात धुने, अत्यावश्यक कामका लागि घरबाहिर निस्कँदा मास्क र ग्लोब्स् र सेनिटाईजरको प्रयोग गर्न विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्यकर्मीहरुले सुझाव दिईरहेका छन् । यसलगायत घरभित्रै रहँदा भौतिक दुरी र घरबाहिर सामाजिक दुरी कायम गर्न समेत सरोकारवालाहरुले आग्रह गरिरहेका छन् । तथापि, स्थानीय बजार, बाटोघाटो लगायतका स्थानमा यो दुरी भने कमै मात्र पालना गरिएको पाईएको छ ।

आज लकडाउनको ३६ औं दिन । हामीले यहा“लाई कालीमाटी तरकारी बजार लगायत उपत्यका आसपासको दृश्यहरु देखाईरहेका छौं । देशका विभिन्न क्षेत्रबाट उत्पादित कृषिजन्य उत्पादनहरु लोड, अनलोड गर्दा होस् या सामान्य अन्य गतिविधिहरु गर्दा, अहिले विशेषगरी यस क्षेत्रमा खटिएका श्रमिकहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् ।

किनभने, न त उनीहरुस“ग एउटा सामान्य मास्क छ, न त, ग्लोब्स् अनि न त, सामाजिक अर्थात् भौतिक दुरी नै । हामीले यस्तै क्षेत्रमा खटिरहेका एक जनालाई मास्क किन नलगाउनुभएको भनेर सोध्दा, उनले भने – एकैछिन मात्रै फुकालेको हो, बाहिर बाटोमा जाने बेला फेरि लगाउछु । मास्क नलगाए बाटोमा त पुलिसले कुटिहाल्छ, उनले भने ।

घर जाउ“m भने घर टाढा छ । स्थानीय सरकारहरुले घर लाने विषय पनि आफूलाई थाहा नभएको उनले बताएका छन् । पहिलेकोभन्दा काम भने अभाव हु“दै गईरहेको छ, उनी बताउ“छन् । तर उनको जहानपरिवार भने यतै भएका कारण पनि उनी घर नगएका हुन् सक्छन् । तथापि, यस्ता श्रमिकहरु पनि कोरोना र यसबाट निम्तिरहेको विविध चपेटामा भने परिरहेका छन् ।

कालीमाटीमा अझै पनि प्याज लगायतका केही कृषिजन्य उत्पादनहरु भने भारतबाट नै आयात भईरहेको छ । श्रमिकहरुले कोरोना संक्रमण रोकथामका लागि आवश्यक सुरक्षा सावधानी अपनाउनेबारे त्यहा“का मानिसहरुलाई पनि सोध्यौं । यसमा भने स्वयम् श्रमिकहरु आफैं पनि सचेत रहनुपर्ने उनीहरुले बताएका छन् । सायद, उनीहरुले थाहा नपाएका हुन सक्छन्, एक व्यापारीले बताए ।

ती व्यापारीले भने मास्क लगायतका सुरक्षा सामग्री लगाएका थिए । कोरोना संक्रमण रोकथामका लागि बेला–बेलामा साबुन पानीले हात धुने गरेकोर ंकिनमेल गर्न आउनेहरुस“ग सामाजिक दुरी कायम गर्ने कोसिस गरिएको उनले बताए । यसैपनि पहिलेभन्दा किनमेल गर्नेको भीडभाड ह्वात्तै घटिसकेको छ, उनी बताउ“छन् ।

सरकारले पछिल्लो समय खाद्यान्न, तरकारी, औषधिजन्य लगायतका अत्यावश्यक सामाग्रीहरुको किनबेचका लागि बिहानको १० बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । जसअनुरुप उपत्यकासहितका विभिन्न बजारमा बिहानको समयमा त्यसखाले गतिविधिहरुको चहलपहल पनि देखिन्छ । तरकारी बजार लगायत केही स्थानमा सामाजिक दुरी अवलम्वन गर्न व्यावहारिक रुपले असहज देखिए पनि अन्य स्थानमा भने यो दुरी कायम गरिएको पाईएको एक सर्वसाधारणले बताएका छन् । लकडाउन लम्बिदै गईरहेको अवस्थामा सर्वसाधारण लगायत उपभोक्तालाई विभिन्न समस्याहरु आईपरिरहेका छन् । यसर्थ, सबै ठाउ“मा नै लकडाउन गर्नुभन्दा पनि जोखिममुक्त क्षेत्रहरुमा लकडाउन खुकुलो बनाउनुपर्ने धारणा उनी राख्छन् ।

लकडाउन लम्बिदै गईरहेको अवस्थामा काठमाडौंमा अस्थायीरुपमा बसिरहेकाहरु स्थानीय सरकारको प्रयासमा अझै पनि गाउ“घर फर्किरहेका छन् । कोरोनाविरुद्धको लडाईमा सुविधासम्पन्न एवम् विकसित देशहरु नै चुकिरहेको बेला नेपालका लागि लकडाउन मात्रै एउटा अचुक उपाय हुन सक्छ । यसर्थ, लकडाउनमा सामाजिक अर्थात् भौतिक दुरी कायम नगरिदा एक, दुई जनाबाटै नेपालमा पनि भयावह अवस्था नआउला भन्न सकिदैन । यो समयमा शतप्रतिशत रुपमै सामाजिक दुरी अवलम्बन हुन आवश्यक छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board