18 March, 2020 3:15 pm


भीडभाडयुक्त स्थानलाई निषेध नगरे जोखिम निम्तिने सांसदहरुको चेतावनी (भिडियोसहित)

काठमाडौं ५ चैत । नेपालमा अहिलेसम्म कारोनाको संक्रमण नदेखिएको भए पनि छिमेकी मुलुक भारतमा निरन्तर संक्रमितको संख्या बढिरहेको छ । यसले खुला सिमाका कारण कतै नेपालमा भाइरसको प्रवेश हुने हो की भने सर्वत्र त्रास फैलिरहेको छ । सानो लापरवाहीले युरोपका देशहरु कारोनाको महामारीकोे ठुलो चपेटामा मुछिएको दृष्टान्त हेरेर पनि नेपालले पनि रोग नलाग्दै सर्तकता अपाउनु पर्ने देखिन्छ । नेपालमा संसदको काम कारवाही, संसदमा संमितीहरु छलफलका कार्यक्रमदेखि बिद्यालय तथा सडकमा मानिसहरुको भिडमा कमि आएको छैन । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने माग गरेका छन । कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् ।

तिब्र गतिमा बिश्वव्यापी रुपमा फैलिएको कोराना संक्रमणबाट नेपालमा अहिलेसम्म १ जनामा देखिएर निको भएको र अन्य कसैमा भाइरसको सक्रमण देखिएको छैन । तर भाइरस संक्रमणको त्रासले आम सर्वसाधारण आक्रान्त भइरहेका छन । नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था भने छैन । कथं कदाचित नेपालमा संक्रमण देखियो भने त्यसपछि भौतिक, आर्थिक र प्राविधिक हिसाबले समस्या आउने कारण तत्काल सावधानी अपनाउनुपर्ने सांसदहरुको भनाइ छ । कोरोना संक्रमण रोक्न र संक्रमण भैसकेको अवस्थामा उपचारलगायतका विषयमा बिश्वका अन्य देशले गरेको तयारीलाई हेर्दा समेत नेपाल आफनो तयारी अझै बढाउनु पर्ने देखिन्छ । नेपालमा अहिलेसम्म नदेखिएको भनेर ढुक्कले बस्दा संक्रमणले ठुलो रुप नलेला भन्न सकिन्न ।

कोरोना संक्रमण नदेखिए पनि कोरोनाको त्राश र कतिपय गलत प्रचारवाजीका कारण मनोबैज्ञानिक रुपमा धेरैलाई असर गरिहेको छ । रोग लागि हाल्ने हो कि भनेर संसददेखि आम सर्वसाधरण त्रसित बनिरहेका छन । अहिलेसम्म जोखिम नै नभित्रिएको अवस्थामा सरकारले जनताको मनोवैज्ञानिक त्राश कम गर्दै आफ्नो तर्फबाट तयारीमा गति लिनु पर्ने देखिन्छ । सरकारले कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई अनअराइभल भिसा रोक्ने, बैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति बन्द गर्नेसहित केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति गठन गरेको छ । त्यसैगरी उपत्यकाभित्र १ सय २० वटा आइसीयू बेडको व्यवस्था गर्ने र प्रत्येक प्रदेशमा १ सय १५ वटा आइसीयू बेडको व्यवस्थाको तयारी सुरु गरिसकेको छ । यद्यपि कोरोना संक्रमणका विरुद्ध जुध्न यति नै तयारी अपूर्ण हुन सक्छन् । चीन, कोरिया लगायत कतिपय मुलुकको अनुभव हेरेर सरकारले आफ्नो तयारी अझ बलियो बनाउनु आबश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board