17 March, 2020 2:23 pm


देशको सङ्कटलाई कमाउने अवसरका रुपमा लिने ? भन्दै कड्कीए उपभोक्ता अधिकारकर्मी (भिडियोसहित)

काठमाडौं, ४ चैत । नोवेल कोरोना भाइरसको त्रासको कारण बजारमा कतिपय उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको छ । सरकारका निकायले कुनै पनि वस्तुको आयातमा कमी नभएको भने पनि आम आम सर्वसाधारणको त के कुरा कतिपय सांसदहरुले पनि बजारमा उपभोग्य बस्तु नपाएको गुनासो गरेका छन् ।

काठमाडौ उपत्यकाका ग्यास डिलरकहा जाने हो भने ग्यास पाउन मुस्किल छ । नेपाल आयल निगमले नियमित रुपमा ग्यास आपूर्ति बढाउदै लगिरहेको दाबी गरे पनि बजारमा अधिकांश ग्यास बिक्रेताहरुले ग्यास नै नआएको गुनासो गर्छन् । कोराना संक्रमणको त्रासले गर्दा आम उपभोक्ताले आवश्यकभन्दा बढी साम्रागी जोहो गर्न खोज्दा बजारमा नुन तेलदेखि खाद्यवस्तुको बिक्री बढिरहेको छ । आम सर्वसाधारणले त ग्यास पाएका  छैनन्, काठमाडौबाट निर्वाचित सांसदले समेतले ग्यास नपाएको गुनासो गर्न थालेका छन् ।

नेपाल आयल निगमले बिगतको भन्दा बढी ग्यास आइरहेको जनाएको छ । उपभोक्ताले आफ्नोमा खाली सिलिन्डर एकै पटक ल्याएका कारण ग्यासको अभाव भएको निगमको तर्क छ । अर्कातर्फ कोरोनाको कारण भारतसंगको नाका बन्द भयो भने आयातमा समस्या भएर अभाव हुने आम उपभोक्ताको बुझाइ रहेको छ । आयल निगमले ग्यास तथा अन्य बस्तुको आयात बढाउदै गए पनि किन आम उपभोक्ताले सहज रुपमा पाउन सकिरहेका छैन । आम सर्वसाधारणमा कोरोनाको क्रासले एक्कै पटक माग बढ्दा ब्यापारीहरुले समेत कालाबजारी गर्न थालेका छन । डिलरमा ग्यास हुदै हुदै पनि व्यपारीको मंहगोमा बेच्नका लागि लुकाउन सक्ने हुदा अनुगमनमा कडाई गर्नु पर्न जोडमा सांसदको जोड छ ।

अहिले नियमित रुपमा ग्यास आपूर्ति भइरहेको र खपतको तुलनामा ग्यास आयात बढीरहेकोले आम उपभोक्ताले अनावश्यक रुपमा भण्डार नगर्न निगमले भने पनि जनता विश्वस्त हुन सकिरहेका छैनन् । भारतबाट ग्यास लगायत पेट्रालियम पर्दाथको आयात निर्वाध रुपमा भइरहेकाले बजारको अभाव केही दिनका लागि मात्र हुने निगमको तर्क छ । यसरी आयल निगमले चाहिएको जति ग्यास दिइरहेको दाबी गरे पनि ग्यास उद्योगले आफना् बिक्रेतालाई मागअनुसार ग्यास नदिंदा पसल बन्द गरेर बसेका छन । आफनो पालोमा आएको ग्या“स एकै दिनमा सकिने भएपनि अर्काे पालो नपाउनेसम्म राजधानीका अधिकांश ग्यास बिक्रेताका पसल बन्द हुने गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board