17 February, 2020 4:14 pm


सरकारले आर्थिक समृद्धिको लक्ष्य हासिल गरेको अर्थमन्त्री खतिवडाको दाबी ( भिडियोसहित)

काठमाडौं, ५ फागुन । मुलुकको अबको कार्यदिशामा आर्थिक एजेन्डालाई मुलमन्त्र बनाएर अगाडी बढ्न उद्योगी व्यवसायीहरुको सरकारलाई सुझाव दिएका छन । एबिसी टेलिभिजनको बिषेश कार्यक्रम समृद्धि सम्मेलनमा उद्योगी व्यवसायीहरुले देशको तिब्र बिकासको लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् । सरकारले अबका दिन आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गरी तिब्र गतिमा बिकासको आवश्यक रहेको औल्याएका छन ।

नेकपा नेतृत्वको सरकार बनेको दुई वर्ष पुरा भएको छ । सरकारले आफनो दुई वर्षे कामलाई उपलब्धीको आधार वर्षको रुपमा परिभाषित गरेको छ । अब बिकास आरम्भको रुपमा लिएको छ । पछिल्लो समय देशका अधिकाशं परिसुचकमा सुधार देखिएकोले नेपालको अर्थतन्त्रका लागि सकारात्कमक भएको दाबी गरेको छ । सरकारले दुई वर्ष कानुन बनाउन बिते पनि अबको वर्ष उपयुक्त बिधी बसालेर आर्थिक बृद्धिको लक्ष्य रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यता सरोकारवालाहरुको दृष्टिकोणमा सरकारको दुई वर्ष हिजोसम्म अन्योल बाटो चिर्ने काम गरेको बताएका छन । अन्तराष्ट्रिय निकायहरुको प्रतिवेदनले पनि नेपाली अर्थतन्त्रमा सुधारको गति देखिएकोले पनि अबको ध्यान उद्योग व्यवसाय क्षेत्रलाई बिकास गर्नतर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए ।

उद्योगी व्यवसायीहरुले उद्योगधन्दा सञ्चालनको लागि एक मन्त्रालयबाट अर्काे मन्त्रालय बिच अझै समन्यव अभाव भएकामा गुनासो गरेका छन । अन्तर मन्त्रालय समन्वयका लागि सरकारले बिषेश पहल गर्नु पर्ने उनीहरुको तर्क छ । बिगत दुई तिन दशक यता उद्योगी व्यवसायीहरु मारमा पार्ने काम भएको हुनाले अब ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

व्यवसायीहरुले हुने बिरुवाको चिल्लो पात जस्तै सरकारले आर्थिक क्षेत्रका लागि सकारात्मक काम सुरु गरेको बताएका छन । सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रलाई नै बिषेश ध्यानमा राखेर अगाडी बढ्न आवश्यक रहेको सुझाव दिएका छन । यस्तै केन्द्र र स्थनिय सरकारको तालमेल हुन नसक्दा व्यवसायीहरुलाई समस्या आइरहेको गुनासो समेत गरेका छन ।

उद्योग व्यवसाय क्षेत्रलाई व्यवस्थित गर्नका लागि एकद्धार निती, व्यवसायिक मैत्री ऐन नियम बन्नुले लगानीको वातावरण बनेको छ । स्थिर सरकारले तिब्र गतिमा अर्थतन्त्रको बिकासको साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ठोस कार्यक्रम ल्याएर अगाडी बढ्न आवश्यक रहेको अर्थबिदको भनाइ छ । सरकारले अब दुई वर्षको समिक्षाले धेरै आर्थिक सुचकहरु सकरात्मक बन्दै गएका छन ।  समृद्ध नेपाल निमार्णको अभियानमा अगाडी बढेको सरकारको दुईवर्षे बिकासको आधार तय गरेपनि निजि क्षेत्रसंगको सहकार्यमा अर्थतन्त्रलाई अगाडी बढाउन आवश्यक छ । आर्थिक क्रान्ति गर्नका लागि लगानीको वातावरण बन्दै गर्दा देशले आर्थिक विकासलाई नै अबको एजेन्डा रुपमा लिने गरी अगाडी बढ्नु पर्ने देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board