13 February, 2020 1:47 pm


डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने (भिडियोसहित)

काठमाडौँ, १ फागुन । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैया“ बजेट अनुमानमा १० प्रतिशत रकम घटाएको छ । यसैगरी पहिलो ६ महिनामा जम्मा १५ दशमलव ४ प्रतिशत मात्र भएको पू“जीगत खर्चलाई बढाएर ८० प्रतिशत पु¥याउने लक्ष्यसमेत बजेटको अर्धवार्षिक समीक्षामार्फत सार्वजनिक गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै चालू आर्थिक वर्षको संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयामा घटाएर कुल विनियोजनको ९० दशमलव ४ प्रतिशतमा झारेका छन् । संशोधित बजेटअनुसार चालू खर्च ९४ दशमलव ५ प्रतिशत अर्थात् ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैया र विकासतर्फ अर्थात् पु“जीगत खर्च ८०.१ प्रतिशत अर्थात् ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात् विनियोजनको ९२.३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु बर्षको बजेटमा कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख मध्ये पहिलो ६ महिनामा ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख खर्च भएको छ । यो रकम कुल विनियोजित रकमको २७.६ प्रतिशत हो । जसमा चालु खर्चतर्फ ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख अर्थात विनियोजनको ३२.४ प्रतिशत, पुजीगत र वित्तीय व्यवस्थातर्फ ६२ अर्ब ७६ करोड ६७ लाख अर्थात विनियोजित रकमको १५.४ प्रतिशत खर्च भएको बताएका हुन । यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलन ४ खर्ब ५६ अर्ब १८ करोड भएको छ । यो गत बर्षको सोही अवधिको संकलनको तुलनामा १३.४ प्रतिशतले बढी हो । यसैगरी समीक्षामा कर राजस्वको वृद्धि ९ प्रतिशत र गैरकर राजस्वको वृद्धि ५० प्रतिशत भएको उल्लेख गरिएको छ । आयातमा कमी आएकोले त्यसको प्रत्यक्ष प्रभाव राजस्व परिचालनमा देखिएको अर्थमन्त्रीको भनाइ छ । यसैले सरकारले राजस्व संकलनतर्फ लक्ष्यको ९५.६ प्रतिशत असुली हुने अनुमान गरेको छ ।

यस्तै विगत छ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा सुधार आउनुको साथै चालु खाता घाटा आधा भएको र भुक्तानी सन्तुलन स्थिति सुदृढ हुदै आएको अर्थमन्त्री खतिवडाले बतँए । यद्यपि आयातमा आएको ह्रास र नया“ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजस्व अपेक्षाकृत संकलन हुन नसकेको भन्दै लक्ष्य अनुसार राजस्वमा संकलन गर्न नसकिएको स्वीकार गरेका छन । सरकारले आर्थिक वर्षको पहिलो छ महिनासम्मको औसत मुद्रास्फीति ६.४ प्रतिशत रहेको जनाएको छ । यस्तै कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले वृद्घि भई ५७ अर्ब २८ करोड रुपैया पुगेको छ । कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ । कुल व्यापार घाटा ६.१ प्रतिशतले घटी .६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ ।

सरकारले चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान बजेटमार्फत गरेको थियो । अर्थमन्त्रीले आर्थिक वृद्धिदरमा कुनै संशोधन नगरी पूर्वानुमान अनुसारको लक्ष्यकै हारहारीमा हुने बताए । अर्धवार्षिक समीक्षा मार्फत अघि सारिएका पू“जीगत खर्चबृद्धि, राजस्व असुली लगायतका सबै लक्ष्यअनुरुप कार्यान्वयन हुनसके लक्षित आर्थिक बृद्धिदरको प्राप्ति हुनसक्नेमा आशावादी हुन सकिन्छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board