9 February, 2020 2:58 pm


वैज्ञानिकीकरणको अभावमा कृषि क्षेत्रको विकासमा अवरोध (भिडियोसहित)

काठमाडौं, २६ माघ ।  सरकारले कृषि क्षेत्रलाई वैज्ञानिककरण तथा यान्त्रिकरण गर्न भन्दै अनेकै परियोजना ल्याएको छ । कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन भौगोलिक बनावट अनुसारको प्रविधिको तथा मेसीनरी समानको विकास गरिनुपर्छ । वर्षेनी अरंबौ रुपयांको मेसीनरी समान अयात गरेको छ सरकार तर वैज्ञानिककरण तथा यान्त्रिकरण अनुसन्धानको पाटो कमजोर हुदा जति लगानि गरेपनि उपलब्धिमूलक बन्न सकेको छैन ।

नेपाली अर्थतन्त्रको फराकिलो आधार भनेकै कृषि क्षेत्र हो । नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ । परम्परागत कृषि प्रणालीका कारण मुलुकमा कृषि क्षेत्र सोचेजस्तो प्रगतिको बाटोमा लम्किन सकिरहेको छैन । तराई क्षेत्रका यदाकदा स्थानमा खनजोतका लागि ट्याक्टर र सिचाइका लागि जेनेरेटरको प्रयोग गर्न शुरू गरे पनि व्यावसायिकरुपमा कृषिमा लाग्नेको संख्या अहिले पनि नगन्य मात्रामा छ । कृषिप्रधान देशको रुपमा चिनिदै आएको नेपालमा कृषकहरूले अहिले पनि चाहिए जति प्रविधिको अनुभव गर्न पाएका छैनन ।

कृषि कार्यालयमा केही पहुँच वाला किसानको पकट जमेको कारण बास्तविक किसानले राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुनुपरेको छ । प्रत्येक बर्ष नेपालमा करोडौको कृषि औजार आयात भएपनि त्यो वास्तविक किसानले पाउन सकेको छैनन् । कृषि व्यवसायीकरण र कृषकको सीप विकासका काममा वैज्ञानि पाटो नै कमजोर हुदा यस्तो समस्या आएको कृषि यान्त्रिकरण प्रवद्धन केन्द्रको भनाइ रहेको छ ।

आर्थिक समृद्धिका नारा जताततै गुञ्जिदा अधिकांश जनता कृषमा आश्रित रहेको अवस्थामा कृषिको यान्त्रिकरण र कृषकको सीप विकासका काममा सरकारले नै खासै ध्यान दिन सकेको छैन । आगामि बजेटमा सरकारले कृषि यान्त्रिकरणलाई विशेष जोड दिनुपर्ने नेपाल कृषि मेसनरी संघका अध्यक्ष स्वयबु कृष्ण श्रेष्ठ बताउछन् ।

नेपालमा हरेक साल नीति तथा कार्यक्रम निमार्ण गरिदा तथा सरकारले बजेट बिनियोजना गर्दा कृषिलाई उच्च प्राथमिकतामै राखेको छ । कृषिमा आधुनिकीकरण र सहुलियत ऋणको कुरालाई पनि त्यत्तिकै जोड दिएको देखिन्छ । सरकारले प्रधान मन्त्री कृषि आधुनिककरण परियोजना समेत ल्याएको छ यस परियोजनामा किसानलाइ ५० प्रतिशत उपकरण साम्रागी अनुदान दिने भने पनि कागजमा मात्र सिमित छ । कृषकलाईं दिने भनेको सेवा र सुविधा पनि कृषि क्षेत्रका बिचौलिया र नेताहरूको अगाडि पछाडि लाग्नेले मात्र उपभोग गरिरहेका गुनासो बढ्दो छ । तर बास्तविक कृषक भने बिऊ बीजन समेत किन्न नसक्ने अवस्था रहेका छन् । सरकारी परियोजनाका अगुवा भने किसानको घर अंगानमै पुग्ने दाबी गर्न छोडदैनन् ।

नेपालमा उत्पादित निर्यातयोग्य कृषिउपजहरूको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पहुच बढाउन वैज्ञानिककरण तथा यान्त्रिकरणको अनुसन्धानको पाटो बलियो हुन आवश्यक छ । किसान लाई आकर्षित गर्न र कृषि पेसालाई बढी मर्यािदत बनाउनेतर्फ समय सापेक्षित कृषि लाई वैज्ञानिक तथा यान्त्रिकरण गर्न सबै सरोकारवालले ध्यान दिन जरुरी छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board