7 February, 2020 12:17 pm


नेपालमा ६५ देखि ७० प्रतिशत बालबालिकामा दांत सड्ने रोग (भिडियोसहित)

काठमाडौं, २४ माघ । नेपालमा दातको स्वास्थ्यमा धेरैले गम्भिरतापूर्वक ध्यान दिईएको देखिदैन । त्यसो त, देशमै केही वर्ष अघिसम्म त औंलामा गन्न मिल्ने मात्र दन्त चिकित्सकहरु थिए । अहिले पनि जति चिकित्सकहरु छन्, शहरी क्ष्ँेत्रमा मात्रै छन् । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार औद्योगिक राष्ट्रका बालबालिकामा समेत ९० प्रतिशत दा“त सड्ने रोग पाइएको छ । नेपालमा पनि ६५ देखि ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयस्कमा दांत सड्ने रोग रहेको छ । दांतको रोगलाई कमजोर नठान्न चिकित्सकहरुले चेतावनी दिएका छन् ।

नेपालमा सन् १९८३ ताका अर्थात् ३५ वर्षअघि औंलामा गन्न सकिने दन्त चिकित्सकहरु मात्रै थिए । सन् २०१० यता देशमा दन्त चिकित्सकहरुको संख्यामा वृद्धि हु“दै गएको हो । पहिले–पहिले राजकीय र धनाढ्य परिवारको दन्त उपचारका लागि भारतबाट दन्त चिकित्सकहरु झिकाईने गरिन्थ्यो । तर आजकल सामान्य र मध्यम स्तरका सर्वसाधारणहरुमा पनि दन्त चिकित्साको पहु“च र चेतनामा वृद्धि–विकास हु“दै गएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालमा पनि सन् २०१० को सेप्टेम्बरबाट सामान्य ट्रिट्मेन्टको रुपमा दन्त उपचारको सुरुवात भएको सम्झन्छन्, काठमाडौं विश्वविद्यालअन्तर्गत धुलिखेल अस्पतालका वरिष्ठ दन्तचिकित्सक दशरथ काफ्ले । शहरीभन्दा ग्रामीण भेगका नागरिकले दा“तसम्बन्धी उपचार पाउनुपर्ने उद्देश्यका साथ काभ्रेमा गुणस्तरीय उपचारको सुरुवात गरिएको उनले बताए । जर्मनीका दन्त चिकित्सकहरुको सहयोगमा धुलिखेल अस्पतालमा दन्त उपचार सुरु गरिएपछि त्यो बेला बिरामी आउ“छन् कि आउ“दैनन् भन्ने चिन्ताको विषय बनेको थियो । पहिलो चोटी दा“तको बिरामी आउ“दा आफूलाई एकदमै खुसी लागेको डाक्टर काफ्ले स्मरण गर्छन् । अहिले सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंदेखि दैनिक ४० देखि ५० बिरामी दन्त उपचारका लागि धुलिखेल आउने गरेको डा. काफ्ले बताउंछन् ।

नेपालमा दा“त तथा मुखको उपचार अमेरिका, अष्ट्रेलिया, इङ्ल्याण्ड लगायतका देशहरुमाभन्दा निकै सस्तो छ । कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराईरहेको धुलिखेल अस्पतालमा विदेशबाट समेत नेपालीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालले दा“त चेकअपको २५० देखि ३०० रुपैंया, दा“त निकालेको १००, शल्यक्रियाको ८०० देखि १५०० र तार बानेको २५,००० देखि २८,००० रुपैंयामा सेवा उपलब्ध गराईरहेको छ । जब की, अन्य स्वास्थ्य संस्थाहरुमा सोही सेवाको खर्च १ लाख रुपैंयाभन्दा माथी हुन्छ भने विदेशमा त यसको चौब्बर र पा“चौ गुणाले बढी खर्च लाग्छ ।

धुलिखेल अस्पतालले सन् २०१५ देखि डेन्टल ईम्प्लान्टको सुविधा पनि उपलब्ध गराईरहेको छ । सेवाग्राहीमैत्री तथा बालमैत्री उपचारका लागि अस्पतालमा सोही अनुरुपको वातावरण बनाइएको छ भने, स्कूल अथवा कलेज पोशाकमा उपचार गर्न आएकाहरुलाई अझ प्राथमिकताका साथ सेवा उपलब्ध गराईरहेको अस्पताले जनाएको छ । बिरामीको व्यक्तिगत समस्या तथा पृष्ठभुमिलाई ख्याल राखी अपनाईएको उपचार प्रणालीप्रति बिरामी तथा उनीहरुका आफन्त पनि खुसी देखिन्छन् । करिब २ वर्षको अवधिमा लगभग ३५ हजारमा आफ्नो तार बान्ने शल्यक्रियाको उपचार सफल भएको सेवाग्राही सर्मिला बन्जाडेले बताइन । अन्य उपचार गराईरहेकाहरु पनि खुसी र सन्तुष्टै देखिन्छन् ।

दा“तको उपचार सामान्य रुपमा लिने गरेपनि यसले क्यान्सर जस्तो गम्भिर रोग समेत निम्त्याउन सक्ने स्वास्थ्यकर्मीहरु बताउ“छन् । दा“त मुखको सौन्दर्यस“ग पनि जोडिएका कारण जटिल प्रकृतिदेखि कस्मेटिकसम्मको उपचार हुने गरेको उनीहरुको भनाई छ । विशेषगरी स्कूले बालबालिकामा चाउचाउ, चक्लेट लगायत जंकफूडका कारण दात सड्ने गरेको छ । यसमा उत्पन्न जीवाणुले २० मिनेटमै अम्ल बनाउ“छ र यसले दा“तको कडा भागलाई सडाउदै लान्छ ।

दा“त तथा मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, मुखभित्रको घाउ, खटिरा, रोग, फोहोर साथै सुर्तीजन्य पदार्थ र सुपारीजन्य पदार्थको सेवन लगातार वा लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ । अन्य सामान्य व्यक्तिको तुलनामा स्वासप्रश्वास तथा मुटु सम्बन्धित रोग, बाथज्वरो, मधुमेह, हृदयघात र मष्तिष्कघात हुनेहरुमा मुख तथा गिजासम्बन्धि समस्या हुने गर्दछ । दन्तहर्षा र पाईरियाजस्ता सामान्य रोगबाट संक्रमण भै पछि खाद्यनली र सास फेर्ने नली समेत थिचिने र मानिसको ज्यानै समेत जाने सम्भावना हुन्छ । यसर्थ, कमसेकम वर्षमा १ चोटी वा नियमितरुपमा आफ्नो दा“त तथा मुखको चेकजा“च गरी आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न सक्नुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board