7 February, 2020 11:59 am


औषधी विरुद्धको धार्मिक र सामाजिक मान्यता मुख्य चुनौती (भिडियोसहित)

काठमाडौं, २४ माघ । राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान अन्तर्गत बर्दियामा माघ २५ गते ४ लाख ४५ हजार ५ सय ३१ जनालाई हात्तिपाईले विरुद्धको औषधी खुवाइदै छ । बर्दियाका आठ वटै स्थानिय संग समन्वय गरी गर्भवती, सुत्केरी भएको ७ दिन भित्रका महिला, २ वर्ष मुनिका बालबालिका, र गम्भिर प्रकृतिका विरामी बाहेक अन्य सवैलाई औषधी खुवाउन लागिएको हो ।

बर्दियामा हात्तिपाईले विरुद्धको औषधी खुवाउने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जिल्लाका ४ लाख ७७ हजार ६ सय ६६ जनसंख्या मध्ये ४ लाख ४५ हजार ५ सय ३१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदै छ । जसका लागी करिब ३ सय वटा बुथ सेन्टर छन् भने, ८ सय ४१ महिला स्वास्थ्य स्वंयम सेविका र ४ सय जना स्वास्थ्यकर्मी खटाईदै छ । बर्दियाका ८ वटा स्थानिय तह मध्ये गुलरिया नगरपालिका औषधी सेवनका हिसाबले निकै कम रहेको छ । सामाजिक र धार्मिक मान्यताका कारण औषधी सेवन गराउनु मुख्य चुनौति देखिएको छ ।

हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यका लागी स्वास्थ्य कार्यालयले सवै स्थानिय तह, वडा तथा टोलमा औषधी सेवन सम्वन्धी जानकारी गराइसकिएको छ । विशेष गरी मुस्लिम सुमदायमा औषधी सेवन गर्नेको सख्या न्युन रहेको छ । औषधी खुवाउने अभियान अन्तिम चरणमा पुगेको छ । यद्यपी, आम नागरिकमा औषधी सेवनबारे गलत धारणा रहेको छ । साथै शहरी क्षेत्रमा औषधी सेवनको प्रगति सन्तोषजनक नहुनु एवं नया संरचनामा आम औषधी सेवन अभियान संचालनलाई दिगो बनाइराख्नु मुख्य चुनौति रहेको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी बताउंछन् ।

नेपालमा ६३ वटा जिल्ला हात्तिपाईले रोगको जोखिममा रहेका छन । यसपटक सरकारले झापा, मोरङ, धनकुटा, बारा, पर्वत, लम्जुङ, बागलुङ, कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुर गरी १३ वटा जिल्लाका ७० लाख मानिसहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउंदैछ । माघ २५ गते औषधी खान छुटेकालाई ३ दिन सम्म घरदैलो अभियान चलाइने भएको छ । नेपालमा सन २००३ देखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदै आइएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यस रोगले मानव शरीरको लसीका प्रणालीलाई असर गर्ने र अंगहरुमा अस्वभाविक बृद्धि गराउने गर्दछ । यस रोगका कारण संसारभर अन्डकोष सुन्निएका पुरुषहरु २ करोड ५० लाख र खुटटा तथा हात सुन्निएका मानिसहरु १ करोड ५० लाख रहेको अनुमान गरिएको छ । हाल ५० देशका ८५ दशमलव ६ करोड मानिसहरु हात्तिपाइले रोगको जोखिममा रहेका छन् ।

सन २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका छन । दक्षिण पुर्वि एशियाका ब्रुनाई, म्यानमार, कम्बोडिया, इष्ट टिमोर, ईन्डोनेसीया, लाओस मलेसीया, फिलिपिन्स, सिङगापुर, थाईल्याण्ड र भियतनाम मध्ये ९ वटा देशहरु यो रोगको उच्च जोखिममा छन् । संसारभर जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिस पनि यिनै ९ देशमा रहेका छन । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्म आम औषधी सेवनमार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । संसारका ७१ मध्ये २१ संक्रमित देशहरुले आम औषधी सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन । हालसम्म ४९ दशमलव ९ करोड मानिसले पुर्ण उपचार पाएका छन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board