6 February, 2020 11:39 am


गुणस्तरीय सेवामा ध्यान दिन निर्देशन : मन्त्री बास्कोटाले असन्तुष्ट कर्मचारीले गरेको बिरोधप्रति यसरी ब्यक्त गरे आक्रोस (भिडियोसहित)

नेपाल दुरसञ्चार प्राधिकरणले १६ औ वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमले भद्रकाली स्थित आफनो कार्यलयको प्राङगण वार्षिक उत्साब मनाइरहेको थियो । कार्यक्रम सुरु हुनु अघि नै केही कर्मचारीहरुले सेवा सुविधा थप गर्नुपर्ने, नेपाल टेलिकमको विनियमावलीको बिरोध गर्दै मञ्चको वरिपरी प्लेटकार्ड बोकेर बिरोध गरिहेरका थिए । वार्षिकउत्सवमा कर्मचारीले राजनितिक गरेको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले राजनितिक गर्न पार्टी कार्यक्रल जान भन्दै भन्दै आक्रोस व्यक्त गरे ।

बुधबार नेपाल टेलिकमको १६ औ वार्षिकोत्सब । यस अवसरमा टेलिकमले आफनो भन्द्रकाली स्थित मुख्य कार्यक्रममा वार्षिक उत्सब कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सञ्चार तथा सुचना प्रबिधी मन्त्री गोकुल बास्कोटा प्रमुख अतिथी थिए । मन्त्री बाँस्कोटा नेपालको कार्यक्रममा आउनु भन्दा अघि नै केही कर्मचारीहरुले सेवा सुविधा थप गर्नुको साथै नेपाल टेलिकमको विनियमावली बिरुद्ध बिरोध गरिहेका थिए । असन्तुष्ट कर्मचारीहरुले कार्यक्रम स्थलमा नबसेर प्ले कार्डसहित कार्यक्रमको बिरोध उत्रिएका थिए ।

वार्षिकोत्सव कार्यक्रमको सुरुमा टेलिकमका प्रवन्ध निर्देशकले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेलिकमको एक वर्षको सेवा बिस्तार र पुर्वधार बिकास, कम्पनीको सेवा तथा बजारको अवस्था, डिजिटल नेपाल निमार्णमा कम्पनीको धारणा प्रस्तुत गरे । त्यसपछि कार्यक्रमलाई सम्बोधन गर्न आएका मन्त्री बास्कोटाले भने असन्तुष्ट कर्मचारीले गरेको बिरोधप्रति आक्रोस व्यक्त गरे ।

पहेंलो रंगको कागजलाई टोपी र छातिमा प्लेकार्ड लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ लक्षित गर्दै मन्त्री बास्कोटाले असन्तुष्ट कर्मचारीलाई राजनीति गर्ने नै हो भने पार्टी कार्यालय गएर बस्न अनुरोध गरे ।

काम नगर्ने तर बिभिन्न माग राख्दै आन्दोलन गर्ने कर्मचारीलाई संस्था भित्र आएर राजनिति गर्ने सोचले टेलिकमलाई असर गर्ने भन्दै टेलिकममा आन्दोलनरत कर्मचारीहरुसग हिसाब किताब राख्ने चेतावनी समेत दिए ।

मन्त्री बास्कोटाले विनियमावली सरकारले बनाउने नभइ लोक सेवा आयोगले बनाउने स्पष्ट पारेका थिए । कार्यक्रममा टेलिकममा काम गनर््ँे कर्मचारीले अब पनि राजनिति गर्ने, काम नगर्ने हो भने टेलिकम टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनु पर्ने अवस्था आउने पनि चेतावनी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board