5 February, 2020 1:14 pm


के कोरोनासँग जुध्न नेपाल तयार छ ? सुरुवातकै महिनामा समस्या यस्तो! (भिडियोसहित)

काठमाडौं, २२ माघ ।  चीनमा देखिएको कोरोना भाइरसका कारण भ्रमणवर्षको सुरुकै महिनामा पर्यटन व्यवसायीहरु समस्यामा परेका छन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको सक्रमण नदेखिता पनि चीनमा देखिएको समस्याले नेपालको पर्यटन क्षेत्रमा असर देखिएको हो ।चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालको पर्यटन व्यवसायको क्षेत्रमा समेत असर देखिनथालेको छ । चीन नेपालको दोस्रो ठुलो पर्यटन बजार भए पनि भ्रमण वर्षको सुरुकै महिनामा नै चीनमा देखिएको कोरोना भाइरसले पर्यटनको आगमनमा गिरावट आएको हो । कोरोना भाइरसको जोखिम अहिलेसम्म नेपालमा देखिएको त छैन । तर छिमेकी मुुलुक हुनुको साथै नेपाल आउने पर्यटकमध्ये चिनिया“ पर्यटनको संख्या बढी हुनाले पनि पर्यटन क्षेत्रमा तत्काल असर देखिएको हो । कोरोना भाइरसका कारण नेपालका पर्यटन व्यवसायी नेपाल भ्रमणवर्ष २०२० को सुरुवातकै महिनामै अप्ठारोमा परेका हुन् ।

भ्रमणवर्षले उत्साहित बनेका पर्यटन व्यवसयीहरुले कोरोना भाइरसको आंतकले फेरी चिन्तित हुन पुगेका हुन । चीनमा केही साता माहामारीको रुपमा कोरोना भँइरसको कारण उत्पन्न भएको समस्याप्रति पर्यटन व्यवसायीहरुले दुख व्यक्त गरेका छन । यद्यपि अप्ठ्यारो परिस्थितीस“ग जुद्धै चीन सरकारलेगरेको प्रयासप्रति व्यवसायीहरु अहिलेको समस्या छिटो समाधान हुनेमा आशावादी बनेका छन । कोराना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित छ । कुनै समस्या नहोस भनेर व्यवसायीहरुले चिनिया“ पर्यटकलाई निगरानीमा राखिएको र कोरोनाको प्ररम्भिक संकेत देखिने बित्तिकै अस्पताल लैजाने व्यवस्था सहित होटल व्यवसायी सजग अवस्थामा रहेको जनाएका हुन् । कोरोना भाइरसको कारण चीनका ट्राभल कम्पनीले अन्तराष्ट्रिय टुर प्याकेज सञ्चालन गर्ने अवस्था नभएकै कारण चीनबाट आउने पर्यटकको संख्या घटेको छ । चिनिया“ पर्यटनको आगमन कम हुने भएपछि नेपाल भ्रमण सचिवालयले छिमेकी मुलुक, भारत, बंगलादेश, दक्षिण पूर्वी एसिया लगायतका मुलुकबाट पर्यटन आगमनको लागि सहज वातावरण बनाइ लक्ष्य अनुसार पर्यटक भित्र्याउनका लागि प्रयास सुरु गर्ने तयारी गरेको छ । चीनले कोरोना भाइरस निराकरणको लागि गरेको प्रयासको सफलतास“गै व्यवसायीहरु अहिले देखिएको समस्या हट्नेमा आशावादी बनेका छन ।

व्यवसायीहरुले बिगतमा पनि बेला बेलामा राष्ट्रिय अन्तराष्ट्रिय जगतमा देखा पर्ने बिभिन्न रोग तथा आपद्बिपद्को कारण पर्यटक अभावको सामना गरेको भन्दै अहिलेको परिस्थितीबाट बिचलित नभएको जनाएका छन । तर सरकारले कोरोला भाइरसको प्रभाव नेपालमा पर्न नदिन बिमानस्थल र सीमा नाकाहरुमा संक्रमितहरुको चेकजा“चलाई तत्काल अझ व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board