3 February, 2020 12:06 pm


बाँके जिल्लामा हात्तिपाइले रोग निवारण कार्यक्रम प्रभावकारी भएन (भिडियोसहित)


बाँके, २० माघ ।  पश्चिम तराईको बाँके जिल्लामा सरकारले लागु गरेको हात्तिपाइले रोग निवारण कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । जिल्लामा लगातार ९ औं पटक सरकारले हात्तिपाइले रोग निवारण गर्ने भन्दै औषधी खुवाइसकेको छ । तर त्यसको प्रभाव भने देखिएको छैन ।

जिल्लाका आधा भन्दा बढी जनसंख्याले नियमित रुपमा हात्तिपाइले रोग विरुद्धको औषधी प्रयोग गर्दैनन् । सबै मानिसहरुले लगातार ६ वर्षसम्म औषधी सेवन नगरिदिदा राष्टिय कार्यक्रम प्रभावित बन्दै गएको हो । आम मानिसहरुको हात्तिपाइले रोग विरुद्धको औषधीमा आकर्षण नदेखिदा ६ वर्षसम्म मात्र खुवाएर पुग्ने भएपनी अहिले दशौं पटक औषधी खुवाउनुपर्ने बाध्यता आइलागेको छ । हात्तिपाइले रोग निवारण कार्यक्रम बाँकेकी फोकल पर्सन दुर्गा गौतमले कार्यक्रम खासै प्रभावकारी हुन नसकेको बताइन् ।

नेपाल सरकारले सन् २०२० मा नेपालबाट हात्तिपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको थियो । शहरी क्षेत्रमा नै हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गर्नेहरुको संख्या कमी भएसँगै चुनौती समेत थपिएको हो । यो कार्यक्रममा वार्षिक राज्यले करोडौं रकम खर्च गरेपनी अपेक्षाकृत सफलता पाउन नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रदिप रिमाल बताउँछन् । आम मानिसहरुले अझै पनि हात्तिपाइले रोग विरुद्धको औषधीलाई स्वीकार गर्न नसक्दा बाँकेमा समस्या थपिएको उनले बताए ।

यसपटक जिल्लाका ६ लाख १ हजार ८ सय ७६ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुलाउने लक्ष्य राखिएको छ । यसपटक स्थानीय सरकारलाई औषधी खुवाउन दिने गरी अपनत्व प्रदान गरिएको हात्तिपाइले रोग निवारण कार्यक्रम बाँकेकी फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

जनचेतनाको कमीको कारण राष्ट्रिय अभियान बाँकेमा प्रभावित बन्दै आएको पाइन्छ । शहर केन्द्रीत बसोबास गर्नेहरु नै औषधिका बारेमा विभिन्न भ्रम पालेर बसेकाले यसलाई चिर्न सके औषधी सेवन दर बढ्न सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board