2 February, 2020 2:30 pm


बैदेशिक रोजगारीमा गएका नेपाली युवाको किन हुन्छ मृत्यु , कारण यस्तो (भिडियोसहित)

काठमाडौं, १९ माघ । बैदेशिक रोजगारी नेपाली युवाको आकर्षणको केन्द्र हो । घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ । लाउंलाउं खाउंखाउं उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशीन बाध्य युवामध्ये कतिले सीमित कमाई गर्छन्, कति लुटिन्छन् भने कतिले प्राण त्याग्छन् । दिनहु दुई तीन लाशका कफिन नेपाल भित्रिरहन्छ ।

केही दिन अघि मात्रै हो, पोर्चुगलको कास्काइसको बोका डो ईनफर्नो क्षेत्रमा धादिङका दुई नेपाली युवा श्याम र कमल तामाङलाई समुद्री छालले बगायो । त्यसैगरी, प्रतिव्यक्ति १० लाख ३० हजारभन्दा बढी खर्चेर रिलाइयबल र जिसीडी कम्पनीमार्फत दुबई पुगेका १० नेपाली अलपत्र परे । युएईको अबुधाबीमा १८ नेपाली कामदार बोकेको बस दुर्घटनामा परि ३ नेपालीको मृत्यु र १४ जना घाईते भए । यी घटनाहरु भएको महिनादिन पनि बितेको छैन ।

वैदेशिक रोजगारका लागि मुख्य गन्तव्य मध्ये एक मानिने संयुक्त अरब ईमिरेट्स (युएई) मा गत सन् २०१९ मात्रै १ सय ३ जनाले ज्यान गुमाए । जसमध्ये १ महिलासहित ५७ जनाको मृत्यु प्राकृतिक कारणबाट भयो भने यसैगरी, १८ जनाले आत्महत्या गरेका हुन् । पारिवारिक तनाव, अत्याधिक कामको खटाई र अव्यवस्थित दैनिकीका कारण अधिकांश नेपालीको मृत्यु सुतिरहेको अवस्थमा नै हुने गरेको जानकारहरु बताउंछन् । वैदेशिक रोजगार बोर्डले पनि अस्तव्यस्त, अस्वस्थ एवं तनावग्रस्त जीवनशैलीका कारण हृदयघातबाट मृत्यु हुनेगरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४⁄७५ मा ८ सय २१ जनाले ज्यान गुमाएका थिए । गत वर्ष वैदेशिक रोजगारीको शिलशिलामा ७ सय ५३ ले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । यसैगरी चालु वर्षमा पनि यो संख्या कम भएको बोर्डले जनाएको छ । यो ६ महिनामा विदेशिएकाहरुमध्ये २ सय ८५ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकाहरुको विविध कारणवश अल्पायुमै ज्यान गुमाएका परिवारलाई ७ लाख क्ष्ँतिपूर्ति दिईरहेको बोर्डले जानकारी दिएको छ ।

यद्दपी सरकारले रोजगारका लागि विदेशिनेभन्दा पनि स्वदेशमै रोजगारी तथा स्वरोजगारको वातावरण सिर्जना गर्ने कसरत गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउ“छन् ।

आफू जुन देशमा जुन कामको लागि जाने हो, त्यस देशको भाषा, मौसम, सेवासुविधा तथा कामको सीप सिकेर जान उनी सुझाव दिन्छन् । वैदेशिक रोजगारमा रहेकाहरुले आफ्नो शारिरीक तथा मानसिक दुवै स्वास्थ्यको ख्याल गर्नुपर्छ, एसी खालेर रातभर त्यतिकै सुत्नुहुन्न । केही प्राविधिक ज्ञान मात्र हुने हो भनेपनि दुःखद घटना न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।

धेरै नेपालीको मृत्यु हुने देश मलेसिया पनि हो । आर्थिक वर्ष २०७५⁄७६ मा मलेसियामा २ सय २९ जना नेपालीले ज्यान गुमाएको सरकारी तथ्यांक छ । ताप्लेजुङ्, पा“चथर, ईलाम, सर्लाही, महोत्तरी, मोरङ, सप्तरी, खोटाङ, गुल्मी, नवलपरासी र रोल्पालगायतका जिल्लाका कामदारहरुको बढी ज्यान गएको तथ्यांक छ ।

सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारका लागि सरकारी तथा सम्बन्धित पक्ष्ँमा विभिन्न पहलहरु नभएका हैनन्, तर कार्यान्वयनको पाटो प्रभावकारी नहु“दा लाखौं युवा मारमा परिरहेका छन् । त्यसो त वैदेशिक रोजगारको शिलशिलामा हुने ठगी तथा अपराध नियन्त्रणका लागि उजुरी लगायतको प्रक्रिया स्थानीय तहमा प्रदान भईसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । सूचना प्रविधिको अधिकतम उपभोग गर्न सके यस क्षेत्रको समस्या कम हुने विभागका महानिर्देशक भीष्मकुमार भूषाल बताउछन् ।

वैदेशिक रोजगारमा फ्रि भिसा र फ्रि टिकटको फन्डा पनि उत्तिकै आलोचनात्मक बनिरहेको अवस्था छ । लाखौं खर्च गरेर गएका नेपाली समेत विदेशमा अलपत्र भएर बस्नुपरेको र मृत्युवरण गर्नुपर्ने कहालीलाग्दो अवस्था छ । त्रिभुवन विमानस्थलमा दैनिक ३ देखि ४ लाश बाकसमा आउने गरेको तीतो तथ्यांक छ । यसर्थ सक्ने हो भने आर्थिक समृद्धि तथा विकासका लागि सरकारले उर्जाशिल जनशक्तिलाई स्वदेशमै परिचालन गर्नसक्नुपर्दछ । सकिदैन भने वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन थप गम्भिर हुन आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board