28 January, 2020 11:23 am


संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण (भिडियोसहित)

नवीन गुरुङ/ संखुवासभा र पूर्वी पहाडी जिल्ला संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण मेला सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किमि उत्तरमा पर्ने बरुण मेला कोशील्हासा राजमार्गमा पर्दछ ।

भोटखोला गाउँपालिका–४ मा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको बरुण नदिमा बर्सेनि बरुण मेला लाग्ने गर्दछ ।
यो बर्ष भोटखोला गाउँपालिकाको अगुवाईमा आयोजना गरिएको बरुण मेलामा हजारौ तीर्थालु भक्तजनहरुले सहभागीता रह्यो । ‘बरुण मेला जाऔं, आफ्नो जातीय गीत र नृत्य सहित सहभागी हौऔं’ भन्ने मुलनारा सहित बरुण मेला २०७६ को आयोजना गरिएको थियो ।

आफ्नो जातीय परम्परागत सांस्कृतिक संरक्षण तथा प्रबद्र्धन गर्ने उद्धेश्यले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । उनले नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाइरहँदा भोटखोला गाउँपालिकाले पनि आफ्नो लोप हुर्दै गएको जातीय पहिचानको संरक्षण र प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

उक्त सांस्कृतिक कार्यक्रममा भोटखोला गाउँपालिका र आसपासका क्षेत्रका भोटे, याम्फू, तामाङ र गुरुङ लगायत २५ टिमको सहभागीता रहेको थियो । सांस्कृतिक कार्यक्रम हेर्न र मेला भर्न आउने तीर्थयात्रीहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सबै जातिहरुको सांस्कृतिक गीत नृत्यहरु समेत हेरेर आन्नद लिएका थिए । बरुण मेलाको अवसर पारेर भोटखोला स्र्पोटिङ क्लबले खुल्ला फुटबल प्रतियोगिताको समेत आयोजना गरेको थियो । बरुणश्वेर महादेवको एउटा बेग्लै र मौलिक पहिचान बोकेको अलौकिक शक्ति भएको भनेर पुज्ने गरिन्छ ।

ऐतिहासिक महत्वको मौलिक वरुण नदी सबैभन्दा स्वच्छ र सफा नदी हो । दुधपोखरी यसको शिर हो । ढुङ्गाको चेपबाट आफै पानी नदी बनेर बगेको छ । यसको आफ्नै महिमा भएको भक्तजनहरु बताउँछन् । गौमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्दारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको समेत वेद पुराणमा पनि उल्लेख गरिएकोछ । नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात नीलो रङको रहेको छ ।

बरुण नदिमा स्नान गरेर धन, सन्तान र रोगब्याधीबाट मुक्त हुन माग्ने र मागेको पुग्ने गरेको बरुण मन्दिरका पुजारी यज्ञबहादुर कार्कीले बताए । मेला भर्न भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरेको छ । सो मेला र वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन । ठूलो श्रद्धाका साथ संखुवासभा बाहेकका छिमेकी जिल्लाहरुबाट समेत धेरै तीर्थालु भक्तजनहरु आउने गर्दछन् ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board