26 January, 2020 1:56 pm


भन्सार प्रक्रियालाई आधुनिकिकरण गर्दै सरकार (भिडियोसहित)

काठमाडौं, १२ माघ ।  माघ १२ गते भन्सार दिवस । यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ भन्सार विभागको । आयात निर्यात व्यापार सहजीकरणमा त्यति वाहवाही काम गर्न नसकेको विभागले पछिल्लो दिनमा भन्सार प्रक्रियालाई आधुनिकिकरण गर्दै लगेको छ ।

भन्सारको प्रमुख कार्य आयात निर्यात व्यापार सहजीकरण, राजस्व संकलन हो । तर झन्झटिलो भन्सार प्रक्रियाले नेपालको भन्सार बद्नाम थियो । सरकारले अहिले भन्सार सुधारको प्रयासलाई प्राथमिकतामा राखेको छ । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जांचपास हुने गरेकोमा अब सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको छ । अर्थात ‘भन्सार क्यास लेस भएको छ ।

भन्सार प्रशासनले क्यास कारोबार गर्दैन । अझ बैंकसंग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गर्ने तयारी भन्सार विभागले गरिरहेको छ । यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको भन्सार विभागले जनाएको छ । नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको छ । अबको केही समयपछि सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नहुने समेत भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउंछन् ।

त्यसो त, नेपाल र भारतबीचको व्यापारलाई सहज बनाउन सन् २०१० मै नेपाल र भारतका प्रमुख नाकाहरुमा चारवटा आईसीपी बनाउने सहमति भएको थियो । सहमति अनुसार वीरगन्जबाट काम सुरु भैसकेको छ भने हालै विराटनगरको आइसीपी पनि उद्घाटन भएको छ । आइसीपी सञ्चालनमा आएसंगै ट्रान्सपोर्टको डिटेन्सन चार्जबाट छुटकारा मिल्नुको साथै नेपाली व्यवसायीलाई आयात नियार्तमा सहज हुने र भन्सार प्रक्रियामा थप सुधार हुने बताउंछन भन्सार सुधार तथा आधुनिकरण शाखाका निर्देशक मुक्तिराम आचार्य बताउछन ।

नेपालमा भन्सार पास निकै झन्झटिलो मान्निथ्यो । अब भन्सार सेवा विस्तारै आधुनिकिकरणतर्फ प्रवेश गरेको छ । भन्सारमा कहिले समवन्यको अभाव त कहिले कर छलि छ, कहिले गुणस्तर हिनवस्तुको भन्सारपास । अब यी सबै समस्या समाधान हुने भन्सार विभागले अपेक्षा गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board