26 January, 2020 1:51 pm


कोरोना भाईरस नेपालमा पनि देखिए पछि कस्तो छ सरकारको तयारी (भिडियोसहित)

काठमाडौं, १२ माघ ।  चीनीया कोरोना भाईरस नेपालमा पनि देखिएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला अन्य देशमा पनि फैलिसकेको छ । अमेरिका,थाईल्याड,भारत,कोरीया लगायतको देशमा कोरोना उच्च जोखिम घोषणा गरि सरकारले सतर्क रहन आव्हान समेत गरिसकेको छ । छिमेकी मित्रराष्ट्रि चिनले संक्रमितलाई उपचार गर्नका लागि वुहानमा हजार सैयाको अस्पताल ५ दिन भित्र सक्ने गरि उच्च सतकर्ता अपनाएको छ । नेपालले पनि यस रोगबाट वच्न सुरक्षा रणनीति आलम्वन गर्न जरुरी छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंङया मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनबाट फर्कीएका एक जना नेपालीमा संक्रमण देखिएको छ भने थप तीन जनामा कोरोनाबाट संक्रमित भएको हुनसक्ने आसंका ब्यक्त गरेको छ । कोरोना फैलिन नदिन मन्त्रालयले कार्ययोजना वनाई तत्काल यसको निबारणको लागी पहल गरि सकेको जनाएको छ ।

यस भाइसरबाट हाल सम्म ४ जनामा नोवेल कोरोना भाईरस देखा परिसकेको छ । जसबाट नेपालले पनि सतर्कता अपनाई कोरोना फैलिन नदिन उच्च सुरक्षसर्तकता अपनाउन आवश्यक छ । भ्रमण वर्ष २०२०मा दैनिक हजारै पर्यटक नेपाल आउने गर्छन । चिनबाट मात्र दैैनिक सयैंको संङख्यामा मानिस नेपाल आउने गर्छन् । नेपाल भ्रमणमा आउने यात्रुबाट कोरोना फैलिने सम्भावना उच्च रहेको छ । नेपालमा विदेशमा जस्तो भाइसर पत्ता लगाउने न ल्याव रहेको छ न त रोगीलाई छुटै राखेर उपचार गर्ने अस्पातलाहरु छन् ।

त्यसैले नेपालमा सुरक्षा सर्तकता अपनाउनुनै उतम उपया हो । उता थाइल्यान्डले नया कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियँ पर्यटक रहेका छ । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनिया शहर बुहानका वा त्यहाबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छ । यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ । भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही विज्ञले बताएका छन ।

उता प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका वासिन्दालाई त्यस क्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहा नआउन सरकारले अनुरोध गरेको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म एक चिनीया चिकित्सक सहित ४२ जना भन्दा बढिको मृत्यु भइसकेको छ ।

भने एक चिनिया नागरीकको सफल उपचार पश्चात घर फर्कीएको छ । कोरोना भाइसरसको सङ्क्रमण थप फैलिन नदिन चिनिया अधिकारीहरूले बुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण चिनियँ सहर बुहानबाट अन्यत्र फैलिइसकेको छ । चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको संख्या ८ सय बढि पुगेको जानकारी चिनिया स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । चिनिया अधिकारीहरूले बुहान सहरका दशौं लाख बासिन्दालाई जरुरी काम नभइ शहर नछोड्न निर्देशन दिएका छन् । कोरोना भाइरसबाट अहिलेसम्म बुहानमा रहेका नेपालीहरु भने प्रभावित नभएको बुहानमा रहेका नेपाली चिकित्सक डा.रमेश आचार्यले एबीसी न्यूजलाई जानकारी गराएका छन् ।

कोरोना भाइसरको प्रकोप फैलिएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने देखिएको छ । कोरोना भाइरसकाके संक्रमण भएमा ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा त्यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आग्रह गरेको छ ।

कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ । त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन । चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले यात्रुको स्वास्थ परिक्षणमा कडाई गरिएको छ । कोरोनाको जोखिम बढेस“गै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउने गरिैको महाशाखाले जनाएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकाले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थलले यात्रुको स्वास्थ परिक्षणमा कडाई गरेको जनाएको छ । तर , कमजोर संयन्त्र र न्युनतम स्वास्थ्य परिक्षणका थोरै उपकरणले स्वास्थय जाच कस्तो होला यसतर्फ भने सम्बन्धित निकाएको ध्यान दिन आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board