माघ १२, २०७६ आईतबार


अन्तराष्टिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून (भिडियोसहित) 


काठमाडौं, १२ माघ ।   मुलुकमा रेशमा खेतिको निकै सम्भावन रहेको छ । कृषकहरुपनि निकै हौसीएर रेश खेति तर्फ आकर्षित बनेका छन् तर राज्यले यस ब्यवसायमा उचित ध्यान दिन नसक्दा राम्रो प्रतिफल पाउन सकिएको छैन । मुलुकमा रेशम खेतिबारे अध्यन अनुसन्धान हुन सकेको खण्डमा यसबाट कृषकले ठुलो लाभ लिन सक्ने देखिन्छ ।

विश्वका विकसित देशहरुमा रेशमको माग बढि छ । अन्तराष्टिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून रहेको छ । रेशम खेतीको इतिहास विश्वमा पुरानो भएतापनि नेपालमा भने यसको इतिहास नयाँ रहेको छ । किम्बु बोटबाट आहार विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरी रेशम धागो उत्पादन गर्ने कार्यको एकीकृत रुपलाई नै रेशम खेती भनिन्छ ।

किम्वु विरुवाको आपूर्ति गरी किम्वु विरुवाको क्षेत्र विस्तार गर्ने कामको शुरुवात भएको छ । अहिले नमूना रेशम खेती दर्ता गरी किसानले व्यावसायिक रेशम खेती थालेका छन् । नेपालमा उत्पादन भएको रेशमबाट धागो बनाई तयार भएको कपडा अमेरिका, जापानलगायत मुलुकमा निर्यात गरिन्छ । रेशमको धागो प्रतिकिलो ४ हजारमा बिक्री हुन्छ । किम्बुको घाँस रेशम किराले खाएर कोकुन उत्पादन गर्छ । यसैबाट धागो बनाइन्छ । एक बिघा क्षेत्रफलमा ११ देखि १२ हजार किम्बुका बिरुवा रोप्न सकिन्छ । त्यही किम्बु नै रेशमको आहारा हो । किम्बु उत्पादन हुने ठाउँमा रेशम खेती हुन्छ । एक बक्सा किराका लागि एक हजार किम्बुका बिरुवा चाहिन्छ ।

रेशम किराले २५ देखि २८ दिनमा धागो छोड्न शुरु गर्छ । एक बिघा क्षेत्रफलबाट वार्षिक ४ लाख आम्दानी हुने गर्दछ । रेशम खेतीबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ । रेशम खेतीका लागि किम्बुको बिरुवा रोप्नु पर्छ । बिरुवा रोपिएपछि वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । रेशम खेतीसँगै बाख्रापालन पनि गर्न सकिन्छ । नेपालमा जापनिज र चाइना यो दुई प्रजातिका रेशम खेति गरिन्छ । हाल गोदावरीक खोपासीमा २३ जातका किम्वु विरुवाको मातृश्रोत संरक्षण गरिएको छ भने किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डारामा ४२ जात संरक्षण गरिएकोमा संयुक्त सुरक्षा वेस क्याम्पको विस्तारले गर्दा मातृश्रोत संरक्षण प्लन नया सृजना गरी संरक्षण कार्य जारी रहेको छ । तर पनि उचित अनुसन्धानको अभावमा किसानहरु रेशम खेति प्रति निराशा फैलदै गएको बताउछन् ।

रेशम खेतीको छुट्टा छुट्टै तीन पक्षहरु छन् । किम्वु खेती आहार विकास कीरापालन तथा कोया उत्पादन, रेशमको यिनै नै भौतिक एवं प्राकृतिक गुणहरुको कारणबाट यसको तुलनामा कुनै पनि कृत्रिम रेशाहरु आउन सकेका छैनन् । नेपालको मध्यभागमा रेशम खेतिको उत्पादन प्रचुर मात्रमा भएपनि विद्यमान विविध हावापानी सुहाउदो रेशम खेती प्रविधि विकास, कृषकहरुको माग अनुसार किम्वु विरुवा उत्पादन र आपूर्ति गर्न नसक्दा तथा कृषकहरुलाई रेशमखेती सम्वन्धी तालिम प्रदान गर्न नसक्दा रेशम खेति निरशा जनक हुुदै गएको विज्ञहरु बताउछन् ।

नेपालमा रेशम खेतिका लागी राम्रो भए पनि चुनौती पनि उतिकै छ । सरकारले रेशम खेतिका लागी अनुदानको व्यवस्था पनि गरेको छ । तर वैज्ञानिक अनुसन्धान राम्रो हुन नसक्दा गुणस्तरीय किराका फुल र किम्बु उत्पादन अभाबले हौसिएका किसान पनि पछिल्लो समयमा निराश हुदै गइरहेका छन् । यसर्थ गुणस्तरिय रेशम खेतिका लगाी सरकार ,कुषि विभाग र कुषि अनुसन्धान केन्द्र नार्कले विषेश ध्यान दिनु पर्ने देखिन्छ ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board