26 January, 2020 1:38 pm


तामाङ समुदायले शनिबार राष्ट्रिय सोनाम ल्होसार २८५६ तथा नयाँ वर्ष भव्यताका साथ मनाए (भिडियोसहित)


काठमाडौं, १२ माघ ।   तामाङ समुदायले शनिबार राष्ट्रिय सोनाम ल्होसार २८५६ तथा नयाँ वर्ष भव्यताका साथ मनाएका छन् । राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम गरेर यो पर्व मनाएका हुन् । सु“गुर वर्ष पूरा गरी मुसा वर्ष प्रारम्भ भएको अवसरमा माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाईएको हो । यस वर्ष सोनाम ल्होछारको अवसरमा संघीय सरकारले सार्वजनिक बिदा नदिएको र राष्ट्रिय पर्वको रुपमा मान्यता नदिएकोले तामाङ संस्कृतिलाई राज्यले विभेद गर्दै सांस्कृतिक अतिक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व शनिबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ । तामाङ समुदायले आजको दिनदेखि नयाँ वर्ष प्रारम्भ भएको मान्दछन् र आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउँछन् । सु“गुर वर्षलाई बिदा गर्दै र मुसा वर्गको स्वागत गर्दै तामाङ समुदायले सोनाम ल्होछार मनाएका हुन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउने गरिन्छ ।

शनिबार काठमाडौंको टुडिखेलमा नेपाल तामाङ घेदुङ लगायत तामाङ समुदायसँग आवद्ध विभिन्न संघसंस्थाले राष्ट्रिय सोनाम ल्होछार २८५६ तथा तामाङ सांस्कृतिक महोत्सव भव्यताका साथ मनाएका छन् । मोहन गोले, अध्यक्ष, नेपाल तामाङ घेदुङ
नेपालमा पुस्तौंदेखि मनाउँदै आईएको भएपनि वि.सं. २०५१ सालदेखी खुला रुपमा मनाउन थालिएको हो । परापूर्वककालदेखि चल्दै आएको संस्कृतिको रक्षा र नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्नको लागि पनि यो पर्व मनाइदै आएको तामाङ समुदायका अग्रजहरु बताउँछन् ।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । समग्र जीव–जन्तु, मानवप्राणी लगायत समाज, देश र विश्वभर नै शान्तीको कामना गर्दै पनि यो पर्व मनाईने उनीहरुको भनाई छ ।

ल्होछार पर्वको अवसरमा प्रदेश नं. ३ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । यो दिनमा तामाङहरुले आफ्नो भेषभुषामा सांस्कृतिक कार्यक्रम गर्ने तथा सेल, रोटी, खाप्से लगायतका तामाङको मौलिक परिकारहरु बनाएर सोलीमा राखी खाने गरिन्छ । नयाँ वर्ष तथा सोनामा ल्होछारको दिन पारिवारिक भेटघाट गरेर मिठोमसिनो खाने, रमाइलो गर्ने, सुखदुख बाड्ने र आफुभन्दा ठुला मान्यजनबाट आर्शिवाद लिइन्छ ।

विविध जातजाति र भाषा संस्कृतिले सजिएको नेपालमा नेपालमा ठूलो जनसंख्या ओगटेको तामाङ समुदायको ल्होछारले पनि नेपाली कला, संस्कृति र पहिचानको प्रतिनिधित्व गरेको छ । तर नेपालमा तामाङ लगायत विभिन्न समुदायले मनाउने ल्होछारको बिदाको सन्दर्भमा सबै समुदायले असन्तुष्टि जनाउँदै आएका छन् । यसर्थ बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक देशको सबै संस्कार तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि सम्बन्धित पक्ष लगायत सबैको ध्यान जान आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board