24 January, 2020 11:24 am


राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे ल्याउने तर्फ केन्द्रित हुदा पर्यटन बोर्ड एक महिना देखि नेतृत्वबिहिन (भिडियोसहित)


काठमाडौं, १० माघ । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएका नेपाल पर्यटन बोर्ड नेतृत्वबिहिन भएको एक महिना भन्दा बढी समय व्यतित भएकोे छ । छनोट प्रक्रिया चरणमा राजनीतिक बिवाद हुदा“ प्रमुख छनोटमा ढिलाई भइरहेको छ । २० लाख पर्यटक भित्रयाउने उदेश्यले सन्चालित भ्रमण वर्ष २०२० को सुरुवात भए देखि नै बोर्ड नेतत्वबिहिन हुदा राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिमा समेत गम्भीर असर परिरहेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले नियमित अवकास पाएको एक महिना बितिसक्दा पनि नेपाल पर्यटन बोर्ड नया“ नेतृत्व पाउन सकेको छैन । बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आइतबार बोर्डको सीईओ छनोट समितिले धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंह ऐरको नाम सिफारिस गरेपनि आफनो राजनितिक पुर्वाग्रहले कार्यकारीप्रमुख नियुक्ति प्रक्रियामै अल्मलिएको देखिन्छ । सिइओ छनोटमा हु“दा बिगत लामो समय देखि बोर्डको नियमित बैठक नै बस्न सकेको छैन । भ्रमणवर्षको प्रवद्र्धन गर्न, समग्र पर्यटनसंग सिधै सरोकार राख्ने संस्थाको प्रमुख नहुदा पर्यटन क्षेत्र बेसाहारा जस्तो देखिएको पर्यटन बिज्ञ आदित्य बराल बता“उछन् ।

पर्यटन बोर्डमा कार्यकारी प्रमुख छनोट गर्न बोलाइएको बैठक पटक पटक बिवाद मिलाउन नसक्दा बैठक सार्ने काम भई रहेको छ । राजनितिक हस्तक्षेत्र बढेकै कारण एक महिना बित्दा समेत बोर्डले प्रमुख छनोट गर्न नसकेको बोर्ड भित्रका सदस्यहरुको गुनासो रहेको छ । नेपालको भ्रमणवर्ष २०२० मनाइरहदा बोर्ड नेतृत्व बिहिनताले नियमित कार्यक्रममा समेत असर परिरहेको पर्यटन व्यवसायीको गुनासो छ ।

एक महिनाको समय बितिसक्दा पनि नयँ प्रमुख नियुक्ति प्रक्रियामै अल्मलिनुले नेपाल भ्रमणवर्ष २०२० का लागि लिइएको २० लाख पर्यटक भित्रयाउने लक्ष्यमा चूनौती देखिन्छ । बोर्डमा नया“ नेतृत्व दिनका लागि न पर्यटन मन्त्रायलले नै चासो देखाएको छ नत सरकारले नै । भ्रमण वर्षको सुरुकै महिना देखि नै पर्यटन बोर्ड नेतत्वबिहिन हुदा समेत नियमन निकायमा राम्रो मान्छे भन्दा पनि हाम्रो मँन्छे ल्याउने तर्फ केन्द्रित हुदा बोर्ड सिइयो बिहिन बनेको छ ।

माघको पहिलो साताभित्रै सिइओको टुगो लाग्ने भनेर बताइएता पनि छनोट प्रक्रियामै बिवादको कारण सिइयो नियुक्तिमा ढिलाइ भएको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुने बोर्डको प्रमुख नियुक्तिमा देखिएको बिवादले भ्रमणवर्षलाई समेत ठुलो धक्का लाग्ने पर्यटन व्यावसायीहरुको गुनासो छ ।

वोर्ड प्रमुख बिहिन हुदा राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिमा समेत अवरोध देखिएको छ । मुलुकको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्रलाई लिने र पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकायमा नै प्रमुख नियुक्तीको विषयमा राजनितिक भागबण्डाले यस क्षेत्रको बिकास कसरी गर्न सकिएला ? त्यसैले नेतृत्व बिहिन बनेको बोर्डमा देखिएको बिवाद लाई समाधान गरी तत्काल बोर्डमा कार्यकारी प्रमुख नियुक्तीका लागि सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board