24 January, 2020 9:04 am


अन्तर्राष्ट्रिय गुणस्तरका वस्तुहरुको मात्र आयात गर्न उद्योगी व्यवसायीहरुको सरकारसंग माग (भिडियोसहित)

काठमाडौं, १० माघ ।  उद्योगी व्यवसायीहरुले व्यापार घाटा धेरै नै बढेकाले स्वदेश भित्र उत्पादन हुने वस्तुहरुको आयातमा कडाई गर्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले नेपालमा प्रसस्त उत्पादन हुने बस्तुपनि बिदेशबाट आयात हुदा नेपाली बस्तुले प्रतिपर्धा गर्न नसकेको गुनासो गरेका छन् । नेपालमा कम गुणस्तरका सामान आयात भइरहेको भन्दै अन्तर्राष्ट्रिय गुणस्तरका वस्तुहरुको मात्र आयात गर्न सरकारसंग माग गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीहरुले विदेशबाट आयात हुने वस्तुको मूल्याकंनमा जोड र भन्सार दर कम गर्न सरकारलाई आग्रह गरेका छन । उद्योगीहरुले विदेशबाट कम गुणस्तरका बस्तुहरु गुणस्तरीय नेपाली उत्पादनलाई समेत असर पु¥याइरहेकोले त्यस्ता बस्तुहरुलाई रोक लगाउनु पर्नेमा जोड दिएका हुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजि क्षेत्रका समस्यालाई ध्यान नदिएको आरोप लगाए ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले ट्रस्टेड ट्रेडर्सको अवधारणा कार्यान्वयनमा छिट्टै ल्याउन आग्रह गरेका छन । व्यापार सहजिकरणको मुलभुत सिद्धान्त अनुसार भन्सार कार्यालयले सेवा दिन नसकेको गुनासो पनि ब्यववसायीको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले स्वदेशी उद्यमीहरुले उत्पादन गरेको विद्युत विदेशमा विक्री गर्न नमिल्ने कानून रहेकाले आफुहरु विदेशमा कम्पनी स्थापना गरि त्यसकै नाउबाट जलविद्युत परियोजना निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहको गुनासो समेत सुनाए ।

यस्त,ै सरकारले कपडा उद्योगीहरुलाइ छुट दिएको भन्ने गरेपनि अहिलेसम्म आफुहरुले छुट पाउन नसकेको बताए । उनले २०७५ सालको मंसिर २४ गतेको मन्त्री परिषदबाट निर्णय भएका सुविधाहरुको सम्बन्धमा उल्लेख भएतापनि टेक्सटाईल इण्ड्रष्टिले त्यस्को उपयोग गर्न नपाएको गुनासो ब्यक्त गरे ।

नेपालमा धेरै उद्योगी व्यवसयीहरु लगानी गर्न इच्छुक छन । तर, अहिले सञ्चालनमा आइरहेका उद्योग भने नेपालमा आउने गुणस्तहिन बस्तुबाट पीडित बन्दै गएका छन । दक्षिण भारतको खुल्ला नाका हुदै भन्सार नतिरी आउने बस्तु र चिनबाट आउने कमसल खालका बस्तुसंग प्रतिपर्धा गर्न नक्सदा समस्यामा पर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board