22 January, 2020 1:50 pm


भिडियो कन्फ्रेसमार्फत् विराटनगरस्थित एकीकृत जाच चौकीको उद्घाटन (भिडियोसहित)

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् विराटनगरस्थित एकीकृत जाच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीको हैदराबाद हाउसबाट एकै समयमा स्वीच थिचेर चौकीको शुभारम्भ गरेका हुन् ।

मोरङको विराटनगर महानगरपालिकास्थित बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाच भन्सार विन्दु (आईसीपी)को बिधिवत रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गरेका छन् । उद्घाटनसंगै दुबै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन समेत गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले गोरखा र नुवाकोटमा भएको पुनर्निमाण देखेर खुसी भएको समेत बताए । गोरखा र नुवाकोटमा भारतीय सहयोगमा निजी आवास बनेको छ । मोदीले ४०– ५० हजार घरको पुनर्निर्माण भइसकेको भन्दै बाकी घरको पनि चँडै पुनर्निर्माण गरेर हस्तान्तरण गर्ने विश्वास ब्यक्त गरे । यस्तै मोदीले नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएको बताए । उनले आगामी दिनमा पनि सहकार्य गर्न भारत तयार रहेको प्रतिवद्धता समेत दोहो¥याए ।

आयात तथा निर्यात पारवहन सहज बनाउन १ अर्ब १४ करोड भारतीय रुपैयाको लागतमा आईसीपी भवन निमार्ण गरिएको हो । १ सय २९ बिघामा फैलिएको आइसीपी भवनमा एकैपटक १ सय ३० मालवाहक सवारी पार्किङ व्यवस्थाको साथै मुख्य प्रशासनिक भवन गोदाम, पशु तथा कृषि क्वारेन्टाइन जाच केन्द्र, बैकिङ भवन, सुरक्षा ब्लक, विद्युतगृहको व्यवस्था रहेको छ ।

दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन सन् २०१० मै नेपाल भारतका प्रमुख नाकाहरुमा विभिन्न चारवटा आईसीपी बनाउने सहमति अनुसार वीरगन्ज, विराटनगरको भवन निमार्ण सम्पन्न गरिएको हो । भवन सञ्चालनमा आएसंगै ट्रान्सपोर्टको डिटेन्सन चार्जबाट छुटकारा मिल्नुको साथै नेपाली व्यवसायीलाई आयात नियार्तमा सहज हुने व्यवसायीको भनाइ छ ।

आईसीपी संचालनमा आउदा पूर्वी नेपालबाट हुने वैदेशिक व्यापार थप सहज हुन गई लागत पनि घटने विश्वास गरिएको छ । यसपछि भैरहवा र नेपालगंजको आईसीपीको काम को तयारी समेत दुबै देशले गरिरहेका छन ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board