22 January, 2020 1:44 pm


उन्नत वीउको नाममा किसान मर्कामा : सरकारसंग आत्ननिर्भर बनाउने योजना छैन (भिडियोसहित)

काठमाडौं, ८ माघ । कृषि प्रधान मुलुक भनिएको छ तर नेपालमा कृषिसम्वद्ध अधिकांश चिज आयात हुन्छ । आफ्नो रैथाने उत्पादनमा विश्वास गुमिसकेको छ । आयातित वस्तु उपभोगमै राज्य मस्त छ । पछिल्लो दिनमा कृषिमा आत्मनिर्भर बन्नका लागि सरकारले दाबी गरेपनि त्यसअनुसारको न त योजना छ, न त व्यवहारिक कार्यान्यनको खोजी । कृषि उपजको प्रारम्भिक अवस्था बीउमै परनिर्भर बनेपछि उत्पादन राम्रो कसरी हुन्छ ? बाहिरि मुलुकबाट आयात गरिएको बीउबाट बेला बेलामा किसानले मार खाइरहेका छन् ।

नेपाल कृषि प्रधान देश, तर विडम्वना अझै कृषिमा हामी आत्म निर्भर हुन सकेका छैनौं । राम्रँे विउ र भुगोल सुहाउदो बालि लगाउने प्रणाली नभएकै कारण अझै पनि आशातित उत्पादन पाउन सकिएको छैन । कृषिमा अध्ययन, अनुसन्धान र आधुनिकरणको अभावमा र बैज्ञानिकीकरण हुन सकेको र्छन । परम्परागत शौलीमानै गरिने खेति ६ महिना पनि खान नपुग्ने गरेको छ । अझै पनि किसान पुरानै विउ विजन लगाउन बाध्य बनेका छन् ।

कृषि विकासका लागि सरकारी पक्षबाट पनि विभिन्न कार्यक्रम हुदै आएका छन् । सरकारी योजनाहरु कागजमा मात्रै सिमित बन्दा त्यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन । भएका निति नियम पनि प्रभावकारी बन्न सकेका छैनन, जसको परिणाम कृषिमा आधुनिकिकरण हुन सकेको छैन । कृषक लक्षित कार्यक्रम कृषक सम्म पुग्न नसक्नुले पनि कृषिमा आशातित सुधार हुन नसकेको हो ।

उत्पादन वृद्धिका लागि उन्नत विउको आवश्यकता पर्छ । तर, हाम्रो देशमा उन्नत विउकोे नाउमा उत्पादन नै नहुने विउ रोपेर बाली भित्राउने समयमा किसान टाउको समाउनु पर्ने अवस्थामा पग्ने गरेका कयौं उदाहरण छन् । गत असारमा मात्रै बढि उत्पादन हुने लोभमा किसानले लगाएको गरिमा धानको विउले उत्पादन नै नदिएपछि कृषकले सास्ती खेप्नु परेको थियो । यसरी उन्नत विउ विजनकै नाममा किसानले ठक्कर खाइरहनु परेको छ ।

अझै पनि नेपाल विउमा आत्म र्निभर हुन सकेको छैन् । स्वदेशी विउको गरणस्तर बृद्धि नर्ग सकिएको छैन । किसान जस्तो भएपनि विदेशी विउ लगाउन बाध्य छन् । सरकारले सन २०२५ सम्ममा विउमा आत्मर्निभर हुने लक्ष्य लिएको छ । प्रत्येक वर्ष विउ आएतको संख्यामा वृद्धि भइरहेको छ । आयातीत विउले राम्रो उत्पादन नदिएर किसानले मार खेपनु परेको छ ।

किसान उन्नत विउ नपाएकै कारण उत्पादन कम भएको बताउ“छन् । कमसल विउ विदेश बाट आयात गर्नुपर्ने बाध्यताको अन्त गर्न सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । मुलुकमै गुणस्तरीय बीउको उत्पादन गर्न सकियो भने पक्कै पनि मुलुक सबै खाद्य बस्तुमा आत्मनिर्भर बन्न सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board