20 January, 2020 1:41 pm


भौगोलिक अनुसन्धान हुन नसक्दा फलफूल पनि आयात गर्नुपर्ने बाध्यता (भिडियोसहित)

काठमाडौं, ६ माघ । भौगोलिक बनावटले पनि नेपाल फलफुल उत्पादनमा राम्रो संभावना भएको मुलुकमा पर्छ । भौगोलिक अनुसन्धान हुन नसक्दा नै फलफूलको राम्रो सम्भावना हुदा हुदै पनि फलफुल आयात गर्नु पर्ने बाध्यता रहेको छ । अध्ययन अनुसन्धान र बौज्ञनिकरण अभावमा फलफूलमा अझै पनि मुलुक आत्मनिर्भर हुन सकेको छैन ।

विडम्वना नै भन्नु पर्छ सरकारको फलफुल प्रतिको नितिनियमको फितलो पनाले निर्यत गर्न सकिने फलफुलको बजार पनि दिन प्रतिदिन आयतमा रुपान्तरण हुदै गएको छ । नेपालको भौगोलिक बनावट र बिषम हावापानीका कारण नेपालमा विश्वमा खेति गरिने अधिकांश फलफुलको खेति गर्न सकिन्छ । फलफुल स्वास्थ्यको हिसावले निकै उपयुक्त मानिन्छ । फलफुलको माग दिनानुदिन बढ्दो छ । स्वदेशमा उत्पादन भएको फलफुलले ६ महिनालाई पनि थोग्न सक्दैन । विगत ६ महिनाको तथ्याङ हेर्ने हो भने करिव ६ अर्व भन्दा बढिको फलफुल आयात भएको छ । फलफुल उत्पादनको क्षेत्र तथा उत्पादन वृद्धिको प्रशस्त सम्भावना हुदाहुदै पनि वर्षेनि फलफुलको आयात चुलिदै गएको छ । कृषि नीति दीर्घकालीन तथा आवधिक योजनामा फलफुल प्राथमिकतामा परेतापनि सो अनुरुप यस क्षेत्रले प्रर्याप्त सरकारी र निजि लगानी आर्कषित गर्न सकेको देखिदैन । सरकारले कागजी निति नियम बनाउने तर, त्यसको कार्यन्वयन फितलो भएकै कारण फलफुल उत्पादनमा सुधार आउन सकेको छैन ।

नेपालको हावापनिमा फलफुलको संभावना भएतापनि कुन भु भागमा कस्तो फलफुल लागाउने भन्ने विषयमा अध्ययन अनुुसन्धान हुन नसक्दा फलफूल पनि आयात गर्नुपर्ने बाध्यता आएको हो । उन्नत किसिमको विउविजन को अभाव, कृषि सामग्रीको सहज उपलब्धता हुन नसक्नुले पजि फलफुल उत्पादन फस्टाउन सकेको छैन् । नेपालमा उन्नत विरुवाको उत्पादन हुन नसक्नु र भारत बाट अवैध रुपमा विरुवा ल्याउने र त्यसलाईनै उन्नत भन्दै खेथवारिमा लगाउन किसान बाध्य बनेका छने । सरकारले फलफुल उत्पादन बढाउनको लागि बिभिन्न कार्यक्रम नल्याएको पनि होइन तर, त्यस्को प्रभाकारीता भने अपेक्षाकृत हुन सकेको छैन । फलफुलमा नेपालको परनिर्भरता बढ्दै गइरहेको छ । भौगोलिक अध्ययनकै आधारमा फलफूल खेति फलफूलमा आत्मनिर्भर बन्न सकियो भने पनि मुलुकमा रोजगारी वृद्धि गरि आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ । यसमा सम्बन्धित निकाएको बेलैमा ध्यान जान आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board