17 January, 2020 1:29 pm


भरतपुरमा बन्ने भयो कमलको फूल आकारको क्रिकेट स्टेडियम (भिडियोसहित)

चितवन, ३ माघ । क्रिकेट खेलको प्रवद्र्धनका लागि चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान छ । अभियानस्वरुप नागरिक तहको सहयोगमा रंगशाला बन्नेक्रम जारी छ । राष्ट्रिय ख्याती प्राप्त कलाकारको पहलमा रंगशाला बनाउन लागिएको हो । चितवनको भरतपुरमा निर्माण हुने भनिएको रंगशालाको निर्माण कार्य दश प्रतिशत भैसकेको छ ।

चितवनको भरतपुरमा अनुमानित ३ अर्बको लागतमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण चरणमा छ । करिब २१ विगाह क्ष्ँेत्रमा बन्दै गरेको रंगशाला स्तुपा आकारको हुने छ। क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । नागरीकस्तरबाट सुरु गरिएको अभियानले विश्वकै नमुना क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

प्राविधिक अनुसार रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा तीस हजार दर्शकहरुले खेलको मज्जा लिन सक्नेछन् । रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु राखिनेछ । एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहने छन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । रंगशालामा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु बनाइने छन् । रंगशालामा फुटबल, भलिबल,नेपालको मौलिक खेल डण्डिवियो सहित २२ खेल खेल्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न खेल मैदान निमाणको चरणमा छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला विभिन्न ७७ वटै जिल्लालाई प्रतिनिधित्व गर्दै ७७ बटा जिल्ला कक्ष पनि निर्माणको क्रममा छ ।

विषेश गरी नेपालमा अन्तराष्ट्रिय स्तरको खेलमैदान नभएको र क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि व्यवथित नभएकोले रंगशालाभित्र क्रिकेट एकेडेमी पनि बन्ने छ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गरिने भएको छ । दैनिक ३ सय ४३ जना कामदार र सयौं स्बएमसेबकहरुले निर्माणधिन रंगशालामा काम भैरहेको ,हाल सम्म जमिनबाट उठाएको वालको १० प्रतिशतकाम सकिएको , तोकिएकै समयमै काम सकिने र जनस्तरबाट बन्दै गरेको रंगशालामा अबको डेढ महिना भित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निमाण सम्पन्न हुने गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका प्राविधिक बताउछन् ।

दैनिक करिब ५ हजार अवलोकनर्ता पुग्छन् भरतपुर । सहयोगवापत प्रति भ्रमणकर्ताले २० रुपैया सहयोग दिदै आएका छन् । फाउन्डेसनले चमेनागृह, किराना पसल समेत संचालन गरेको छ । ठूलो राशीको परियोजनानै भएकोले ठूलो धनराशी आवस्यक छ । यो राशी जुटाउन फाउन्डेसन लागिरहेको सामाजिक अभियान्ता एवम हास्यकलकार अर्जुन घिमिरे बताउछन् ।नागरिक तहबाट थालिएको यो अभियान निकै सकारात्मक छ । अयिभानप्रति राज्यले अनौपचारिक साथ पनि दिएको छ । तर, राष्ट्रिय अभियानका लागि औपचारिक सहयोग र साथ राज्यले पनि दिन सक्यो भने क्रिकेट रंगशालाको निर्माणले खेल क्षेत्रमा परिवर्तन ल्याउन सक्नेमा विमति नहुन सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board