15 January, 2020 12:25 pm


बर्दियाको गुलरिया नगरपालिकाको सार्वजनिक जमिन अतिक्रमणमा (भिडियोसहित)

बर्दिया , १ माघ ।   बर्दियाको सवैभन्दा जेठो नगरपालिका गुलरिया नगरपालिकाको कार्यालयसँगै जोडिएको खाली जमिनमा काम नलाग्ने सामान राखीरहदा त्यस स्थानमा हुने सार्वजनिक कार्यक्रम लगायत अन्य काम प्रभावित बनेको छ । नगरपालिकाले हुलाकी राजमार्ग र शहरी सघन कार्यक्रमअन्तर्गत बाटो निर्माण भैरहदा त्यसबाट निस्किएको सामान व्यवस्थापन गर्न नसक्दा कार्यालय कुरुप बनेको हो ।

नगरपालिकाको आफनै स्वामित्वमा रहको खाली जमिनमा विभिन्न सार्वजनिक कार्यक्रम, आमसभा लगायत दैवि बिपदका बेला उद्धार गरेर मानिसहरु राखिने गरिदै आएको थियो । तर विगत केहि महिनादेखि नगरपालिकाले त्यस क्षेत्रमा काम नलाग्ने सामान राखेका कारण नगर नै कुरुप देखिएको हो । स्थानियवासीले यस विषयमा बारम्वार कुरा उठाउदा पनि नगरपालिकाले व्यवास्ता गर्ने गरेको छ ।

एकातिर नगरपालिकाले शहरबाट निस्किएको फोहरको व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर सार्वजनिक स्थानमा अव्यवस्थित सामग्रीहरु थुपारेर राखिएको छ । जसका कारण, शहरको अशोभनिय देखिएको स्थानीय बासिन्दा सुशीलकुमार लामिछाने बताउँछन् ।

नगरपालिकाले आफ्ना भएका सरचनालाई संरक्षण गर्न नसक्नु नै दुःखद पक्ष हो । नगरक्षेत्रमा विभिन्न समयमा भैरहने सांस्कृतिक कार्यक्रम होस वा अन्य औपचारिक कार्यक्रम गर्दा त्यस क्षेत्रबाट नगरपालिकाले कर समेत उठाउदै आएको थियो । नगरपालिकाले आफनो स्वामित्वमा रहेको जमिनलाई नयाँ काममा ल्याउन नसके पनि भएको जमिनलाई संरक्षण गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिको लापरवाहि देखिन्छ । आफनो स्वामित्वमा रहेको जमिनलाई नगरपालिकाले सदुपयोग गर्नुपर्ने साथै त्यस क्षेत्रमा रहेका ढुगा, माटो, दाउरा, विद्युतका पोल तत्काल हटाएर सरसफाई गर्नुपर्ने स्थानियवासीको माग रहेको छ ।

२०५२ सालमा स्थापना भएको गुलरिया नगरपालिसगै रहेको यो जमिन त्यसभन्दा अघि धरम भकारीको रुपमा रहेको थियो । राणाकाल देखि नै त्यसलाई धरम भकारी नामाकरण गरी विपद परेको बेला भेला हुने स्थानमा रुपमा चिनिन्थ्यो । अहिले बजारको माटो, इटटा, ढुगा, विद्युतको पोल, दाउराले भरिदा यो स्थान कुरुप जस्तै बनेको छ । गुलरिया नगरपालिकाले भने नियम अनुसार व्यवस्थापन गर्ने जनाएको छ ।

गुलरिया नगरपालिकाले बजारको बाटो विस्तार गर्दा त्यसबाट निस्कीएको ढुगा, इटटा, माटो, दाउरा र विद्युतको पोलको चाडै व्यवस्थापन गर्नुपर्ने देखिन्छ । हो भौतिक काम गर्दा निस्किएका नचाहिने सामग्री तत्काल व्यवस्थापन गर्न कहिं न कहीं स्थान आवश्यक पर्छ । तर, लामोसमयसम्म इतिहास बोकेको स्थानलाई बेवारिसे जस्तो बनाउनु कत्ति पनि राम्रो हुन सक्दैन । त्यसैले यो ठाउँलाई तत्काल सफा गरी बालउद्यान वा कुनै सार्वजनिक स्थल बनाएर संरक्षण गर्न जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board