12 January, 2020 1:15 pm


खेतीपातीका लागि पानी, मल र बिऊको अभावमा मुलुकको कृषिक्षेत्र (भिडियोसहित)

काठमाडौं, २७ पुस । देशको गरिबी निवारणमा साना किसान लगायत यस सम्बद्ध संघ, संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहदै आएको छ । आर्थिक तथा सामाजिक विकासका लागि विपन्न एवम् पहुच नभएका किसानहरुको जीवनस्तर उकास्न अपरिहार्य छ । वर्षौदेखि यी विविध विषयमा बहस र पहलहरु पनि भईरहेका छन् । तर अझै पनि सिमान्त र निम्न वर्गको किसान सन्तुष्ट हुने अवस्थामा पुग्न सकेका छैनन् ।

देशको पहाडी उच्च भू–भाग डडेलधुराका जंगलमा बस्दै आएका झण्डै ६८ घरधुरीका राउटे समुदाय अहिले वार्षिक रुपमा ९६ क्वन्टिल मह उत्पादन गर्ने गरेका छन् । मकवानपुरको वनकरीया समुदायमा होस् या तराईका मुसहर बस्तीमा महबाट वार्षिक झण्डै २ करोड रुपैया बराबरको आम्दानी हुने गरेको छ । कृषि क्षेत्रमा आएको धेरथोर परिवर्तनले उनीहरुको जीवशैलीमा पनि फेरिएको साना किसान विकास सम्बद्ध संस्थाहरुले बताएका छन् ।

वि.सं. २०३२ मा नेपाल सरकार र कृषि विकास बैंकको पहलमा ग्रामिण, विपन्न एवम् सिमान्त वर्गका किसानहरुको जीवनस्तर सुधार गर्दै गरीबी न्यूनीकरण गर्ने उद्येश्यका साथ साना किसान विकास आयोजनाको सुरुवात भएको हो । वि.सं.२०५० मा सहकारीमा रुपान्तर भएको यो आयोजना २०५८ मा आएर साना किसान विकास बैंकको स्थापना भयो । श्रमिक, मजदुर र विपन्न वर्गको किसानहरुको अपनत्व बढाउदै कृषि क्षेत्रमा विकास गर्ने उद्येश्यका साथ सरकारले पनि विभिन्न पहलहरु भईरहेको बताईरहेको छ । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विभिन्न सहुलियत सहितको कर्जा तथा अनुदानको पनि व्यवस्था गरिएको छ ।

तर, ती सेवा–सुविधाहरु निमुखा किसानहरुसम्म पुग्न सकेको छैन । खेतीपातीका लागि पानी, मल र बिऊको अभाव सधैं नै भईरहने किसानहरु गुनासो पोख्छन् ।

साना किसानको विकास गर्ने उद्येश्यले देशका ७५३ मध्ये ४२० स्थानीय तहमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि विस्तार भएको छ । पछिल्लो वर्षमा २० करोड ८४ लाख सरकारी र १ अर्ब रुपैंया एसिया विकास बैंक लगायतको सहयोगमा २२ अर्ब बराबरको विभिन्न कार्यक्रम यस संस्था अन्तर्गत आयोजना भयो ।

साना विकास बैंक अन्तर्गत मात्रै १३ सयभन्दा बढी सहकारी संस्थाहरु आबद्ध छन् । यद्दपी, यी विविध जानकारीहरु किसानसम्म नपुगेको कारण पनि विपन्न वर्गका किसानहरु लाभान्वित हुन सकेका छैनन् । साना किसानमा सूचना, प्रविधिको विकासका लागि पनि यी यस्ता संस्थाहरुले काम गरिरहेको संस्थाका अध्यक्ष खेम बहादुर पाठक बताउ“छन् । साना किसान विकासको अवधारणाले पहु“च नभएका र विशेषगरी महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग पु¥याईरहेको उनले बताए ।

५० अर्बभन्दा बढीको पू“जीमा अहिले साना किसान विकास बैंक सञ्चालित छ । किसान र कृषि क्षेत्रको समग्र समस्यालाई सम्बोधन गर्दै आमकृषकको जनजीवन तथा आर्थिक र सामाजिक विकासका लागि राजनीतिक नेतृत्वले पहल गनुपर्ने सरोकारवाला बताउ“छन् । बाईट…
विगतको तुलनामा कृषि क्षेत्रमा भएका केही परिवर्तनहरु सतही स्तरका मात्रै छन् ।

कृषि क्षेत्रमा पनि पहु“च वालाले मात्र सुविधा लिइरहेका छन् । गाउ“–ठाउ“का विपन्न र पहु“चबिहिन किसानहरु वास्तवमै लाभान्वित हुन सकिरहेका छैनन् । देशको गरीबी निवारण एवम् आर्थिक, सामाजिक रुपान्तरणको लागि सीमान्त वर्गका किसानको जीवनस्तर परिवर्तन हुन आवश्यक छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board