9 January, 2020 2:25 pm


नेपालमा आयात निरन्तरता संगै व्यापार घाटाको पारो चुलिदै (भिडियोसहित)

काठमाडौं , २४  पुस । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कूल वस्तु निर्यात २६ दशमलव ९,७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ । तर पनि चालु आर्थिक वर्षको पाँचौ महिनामा व्यापार घाटा भने निरन्तर बढिरहेको छ । सरकारले व्यापार घाटा कम गर्नका लागि आयातमा कडाई गरेपनि व्यापार घाटाको पारो भने बढ्दो क्रममै छ । नेपालले आफनो बस्तु उत्पादनको साथै निर्यातमा रणनीति नल्याउँदा छिमेकी मुलुक भारत र चीनसंग आयात नियार्तमा फराकिलो अन्तर देखिदै आएको छ ।

तर, आर्थिक वर्षको पाँच महिनामा पाम आयलको निर्यात बढेका कारण नेपालको समग्र निर्यात व्यापार भने बढेको देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ । यो नेपालको कूल निर्यातको २४ दशमलव २ प्रतिशत हो । तर नेपालको आफ्नै उत्पादनको निर्यात भने घट्दो क्रममा छ । नेपालमा उत्पादन हुने हस्तकला, पस्मिना, गलौचा धागो, ऊनी, फलाम तथा स्टील, तयारी पोशाक, अलैंची, कपडा, लगायतका बस्तु निर्यात पनि घट्दो क्रममा छ । जस्ता निर्यात जन्य बस्तुको निर्यात बढेको छैन ।

सरकारले निर्यात बढउनका लागि नयाँ रणनितिका साथ केही बस्तुलाई केन्द्रित गरेर निर्यात जन्य बस्तुको उत्पादन बढाउनु पर्ने देखिन्छ । नेपालमा उत्पादन हुने हस्तकला, कृषि उत्पादनसंगै प्राकृतिक स्रोतबाट उत्पादन हुने बस्तु निर्यातमा ध्यान दिनुपर्ने देखिएको छ । विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालबाट भारत निकासी हुने पाम आयलको मात्रै निर्यात ह्वातै बढेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्याकै कारण निर्यात हुने बस्तु घटिरहेको बताउंछन् ।
दिगो आर्थिक बिकासको आधारको रुपमा निर्यात व्यापारलाई लिइन्छ । तर, नेपालमा त निर्यात जन्य बस्तु नै निकै कम छन् । मुलुकका उद्योगशिलतको बिकास हुन नसक्दा लामो समयदेखि नेपालको व्यापार घाटा चुलिदै गएको छ । त्यसैले नेपालले गुणस्तरिय बस्तुको उत्पादन र टे«डमार्कसहित अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुंचका पु¥याएर निर्यात बढाउनुको बिकल्प छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board