8 January, 2020 1:47 pm


अयातित बालीले बजार तात्यो, नेपालमा रैथाने बाली दिनप्रति लोभ हुँदै (भिडियोसहित)

काठमाडौं, २३ पुस  । नेपालमा परम्परादेखि नै प्रचलनमा रहेको खाद्य बालि रैथाने बाली हुन् । करिब तीन हजारभन्दा बढी बाली, बिरुवाका र प्रजातिहरू मानव उपभोगका लागि योग्य भए पनि यसको विकास र प्रवद्धन हुन नसक्दा र अयातित बालीले बजार लिदा नेपालको रैथाने बाली लोभ हुदै गएका छन् ।

मानव स्वास्थ्यका लागि अति महत्वपुर्ण मानिने रैथाने बाली नेपालमा दिनप्रति दिन लोप हुदै गइरहेको छ । रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । रैथाने जातका बालीमा पुस्तौंसम्मलाई काम लाग्ने प्रजनन् क्षमता हुन्छ भने क्षेत्रगत विशेषता पनि हुन्छ । धान मकै, कोदो, गहुँ तोरी, जौ, उवा, केराउ, चना, दालका रैथाने जात हराउदै गएका छन् हाइब्रिडकै कारण । कालानमक, श्यामजीरा, माला, झिनुवा, अनदी, बिरमफूल जस्ता वासनादार र स्वादिष्ट धानको चामल भेट्न मुश्किल छ । हाइब्रिड एक पुस्ता मात्र काम लाग्छ तर रैथाने जात संधै उत्तम हुन्छ । पछिल्लो समयमा सरकारले रैथाने बालीलाई जोगाउन अभियान पनि संचालन गरिएको छ । नेपालका रैथाने बालीलाई उचित संरक्षण गदै अध्ययन, अनुसन्धान र बजारीकरण गनुपर्ने र आयातित बालीलाई रोक लगाउनु पर्ने कुषि विभाग बताउंछ ।

नेपालमा पाइने झन्डै ७९० खाद्य बाली मध्ये ४८४ रैथाने खाद्य तथा ९३ आयातित खाद्य बाली रहेका छन् । यी मध्ये ५०५ प्रकारका गहु फापर कोदो लगायतका रैथाने बाली लोप भइसकेका छन् । यस्तै, करीब २५० प्रकारका माछा लगायत अन्य जलिय कुषि जन्य बस्तु र सुक्ष्म जातका जिवाणु समेत रहेका छन् । यी रैथाने बाली लोप हुनुमा हावापानी आधुनिक उन्नत जातका बिउ बढी मात्रमा प्रयोग गरिनु, जलबायु परिवर्तन तथा आधुनिकीकरणले मुख्य भूमिका खेलेको भएको कृषि वैज्ञानिकको भनाई छ । जैविक विविधता अनुसार जौ, कोदो, फापर एकदमै महत्वपुर्ण बाली हुन् । विगतमा यी बालीप्रति नेपालीको त्यति रुची थिएन । त्यसैले, यी बालीको प्रयोग समेत कम भयो । तर, विगत केहि वर्ष यता रैथाने खानाको प्रयोगमा बढ्दै गएको चेतनाले यसबाट उत्पादित खाद्यान्नको उपभोग बढ्दै गएको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।

रैथाने बालीलाई परिमार्जन गर्दै कृषिसग सम्बन्ध राख्ने विभिन्न संघसंस्थाको सहयोगमा नया“ प्रणाली अन्तर्गतका तरिकाबाट काम गर्न सके रैथाने बालीबाट पनि राम्रो उत्पादन हुन सक्छ । यसकारण, रैथाने बालीको संरक्षण र प्रवद्धनमा ध्यान दिन आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board