6 January, 2020 11:58 am


विश्व बजारमा उकालिदै सुनको भाउ, व्यापार युद्ध र राजनीतिक तनावको सिधा प्रभाव ( भिडियोसहित)

काठमाडौं, २१ पुस । विश्व बजारमा डलरको भाउ बढेको छ । अमेरीका चीन व्यापार युद्धका कारण डलरको प्रभाव परेको हो । डलर बढेसंगै विश्व बजारमा सुनको भाउ पनि बढेको छ । डलरको प्रभाव भारतीय मुद्रा समेत परेको छ । डलरमा आएको फेरबदलले नेपाल सुन बजारमा पनि प्रभावित भएको छ । बजारमा सुनको मूल्य आकाशिएको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छ । गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रहेकोमा शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको हो । आइतबार सुनको मूल्य थप हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो। यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैया पुगेको छ । चीन अमेरिका व्यापार टकराव, ईरान र मेरिकाबीचको तनाव , भारतीय मुद्रा कमजोर भएर डलर भाउ बढेको हो । डलर बढेसंगै सुन आकाशिएको हो ।सुनको भाउ वृद्धि भएका कारण नेपाली बजारमा पनि यसको असर परेको छ । सुनको भाउ घट्दा बढ्दा मुलुकको अर्थतन्त्रमा खासै प्रभाव नपर्ने राष्ट्र बैकले बताउछ ।

अमेरिका र चीन व्यापार युद्धकै कारण अहिले शेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । भारतीय रुपैया कमजोर हुने र अन्तराष्टिय बजारमा मुल्याकंन हुनाले नेपालमा सुनको भाउ बढ्को हो । विश्वमा भएका आर्थिक तथा राजनीतिक घटनाक्रामले सुनको विश्व बजारमा प्रभाव पर्दछ । पछिल्लो चरणमा विकसित विभन्न घटनाले सुनको भाउ अझै बढ्न सक्ने नेपाल राष्ट बैंकले बताएका छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसंगै त्यसको प्रभाव नेपाली बजारमा समेत प्रभाव परेका छ । भारतीय रुपैया कमजोर हुनु र अन्तराष्टिय बजारमा नेपाली पैसा भारतीय पैसामा मुल्याङकन हुदा पनि नेपाली बजारमा पनि सुनको मुल्य बढेको हो ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board