2 January, 2020 1:45 pm


बालबालिकाको प्रश्न संगै यस्तो छ प्रधानमन्त्रीको प्रेरणादायी जवाफ (भिडियोसहित)

काठमाडौं, १७ पुस । राजधानमीमा अंग्रेजी नया“ वर्ष र नेपाल भ्रमण वर्ष २०२० को शूरुवातको तामझामका साथ कार्यक्रमहरु भइरहदा नेपाल स्काउटले भने नया“ बर्ष नया“ पाईला, बालबालिकासंग प्रधानमन्त्री शिर्षकमा विशेष कार्यक्रममा आयोजना ग¥यो । कार्यक्रममा बालबालिकाले राखेको प्रश्नको प्रधानमन्त्री ओलीले प्रेरणादायी रुपमा जवाफ पनि दिएका छन् ।

यो संवाद नया“ बर्ष नया“ नया“ पाईला बालबालिकासग“ प्रधानमन्त्री नामक कार्यक्रमको हो । जहा“ प्रधानमन्त्री केपी शर्मा आलीले बालबालिकासग“ करिव २ घण्टा समय विताएका थिए । मृगौलाको समस्याको कारण बिरामी हुनु भएका प्रधानमन्त्री आलीले आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी बालबालिकासग“ समय ब्यतित गरे । छलफल कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीको बाल्यकालदेखी अहिले प्रधानमन्त्री हुदासम्मका संर्घषको बारेमा प्रश्न गरेका थिए । बालबालिकाले राखेको जिज्ञासालाई प्रधानमन्त्रीले सामान्य ढंगबाट उत्तर दिएका थिए । पहिले उनलाई प्रधानमन्त्री हुन्छु भन्ने अलिकति पनि लागेको थिएन । आफुलाई सामाज र देशको मायागर्नु पर्छ भन्ने भावले गर्दा प्रधानमन्त्री सम्म पुगेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभयो । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावकत्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उहाँले बताउनुभयो ।

योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरु पनि प्रभावकारी भएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिले देखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए । प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बताउनुभयो । यसरी आयोजना गरिएको बालबालिकासंग प्रधानमन्त्री कार्यक्रमले प्रधानमन्त्रीको जीवन संंर्घसबारे बालबालीकालाई राम्रो मार्ग निर्देशन र प्रेरणा मिल्ने अपेक्षा गर्न सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board